
काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाउने निर्णय गरेको एक मन्त्रीले बताएको छन् ।
घिसिङलाई २०७८ साउन २५ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो। उनी दोस्रो कार्यकालका लागि प्राधिकरणमा नियुक्त भएका थिए।
उर्जा मन्त्रालयले घिसिङलाई सोधेको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै मन्त्रालयले हटाउने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो