
राजावादीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि तीनकुनेमा तनावग्रस्त भएको छ। भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। प्रहरीले अश्रुग्यास प्रहार गरेपछि तीनकुनेमा भेला भएका राजावादी समर्थकहरू तितरवितर भएका छन्।
प्रहरी घेरा तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको जनाएको छ ।
सभाका लागि विभिन्न ठाउँबाट राजाका समर्थकहरु भेला हुन तिनकुने आउने क्रम जारी थियो । उनीहरुको सभा सुरु नहुँदै तनाव सिर्जना भएको छ ।