काठमाडौंका पाँच क्षेत्रमा कर्फ्यू आदेश

-


     मर्दी न्युज    
     चैत्र १५ गते २०८१ मा प्रकाशित


काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यू आदेश जारी गरेको हो । आजै राति १० बजेसम्म कर्फ्यू आदेश जारी भएको प्रशासनले जनाएको छ ।

कर्फ्यु बानेश्वर-तीनकुने क्षेत्रमा केन्द्रित छ, जहाँ गणतन्त्रवादी र राजतन्त्रवादी समूहहरूले प्रदर्शनको घोषणा गरेपछि तनाव बढेको थियो। कर्फ्यु लागू हुने क्षेत्रको चार किल्ला निम्नानुसार तोकिएको छ ।

गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वरसम्म,

कोटेश्वरदेखि जडीबुटी पुलसम्म,

कोटेश्वरबाट बालकुमारी पुलसम्म,

बानेश्वर चोकदेखि शंखमुल पुलसम्म,

गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म।

यो अवधिमा उक्त क्षेत्रभित्र कसैले आवतजावत गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा वा बैठक आयोजना गर्न र घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ। प्रशासनले शान्ति र सुरक्षा कायम राख्न यो कदम चालेको जनाएको छ।