प्रदर्शनकारीद्वारा जडीबुटी कारखानामा आगजनी

-


     मर्दी न्युज    
     चैत्र १५ गते २०८१ मा प्रकाशित


काठमाडौँ । राजावादीको समूहले काठमाडौँको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी गरिएको छ । 

जडीबुटी कम्पनी लिमिटेड परिसरमा आगो लगाउँदा ग्यारेजमा रहेका सवारी साधन जलेर नष्ट भएको छ ।

जडीबुटी कम्पनीमा आगलागी तथा सवारी साधन जलेर नष्ट भएको फोटो तथा भिडियो सामग्री सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा देख्न सकिन्छ ।

तोडफोड र आगजनी गर्न सुरु गरेपछि कर्मचारीहरूले भागेर ज्यान जोगाएको कम्पनीले जनाएको छ ।