काठमाडौँमा भोलि बिहान ७ बजेसम्मका लागि कर्फ्यु थपियो

-


     मर्दी न्युज    
     चैत्र १५ गते २०८१ मा प्रकाशित


काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासनले कर्फ्युको अवधि बढाउँदै भोलि (शनिबार) बिहान ७ बजेसम्मका लागि थप गरेको छ।

यसअघि आज राति १० बजेसम्मका लागि भनिए पनि भोलि बिहान ७ बजेसम्म कर्फ्यु जारी रहने काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए।

राजावादी समर्थित प्रदर्शनकारीले अराजकता मच्चाएपछि प्रशासनले बानेश्वर-तीनकुने क्षेत्रमा कर्फ्यु जारी गरेको छ। जस अनुसार गौशाला एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कर्फ्यु जारी गरिएको छ।