राजावादीले क्षति पुर्‍याएको तीनकुने क्षेत्रमा अनुगमन गर्न पुगे गृहमन्त्री लेखक

-


     मर्दी न्युज    
     चैत्र १६ गते २०८१ मा प्रकाशित


काठमाडौँ । गृहमन्त्री रमेश लेखक राजावादीले क्षति पुर्‍याएको तीनकुने-कोटेश्वर क्षेत्रको अनुगमन गरेका छन्।

शनिवार बिहान गृहमन्त्री लेखकसहित मन्त्रालयका कर्मचारीहरूले क्षतिग्रस्त भएका स्थानहरूको अनुगमन एवं निरीक्षण गरेका हुन् ।

शुक्रबार प्रदर्शनको क्रममा राजावादीहरूले विभिन्न भवन, पार्टी कार्यालय र सवारी साधनमा आगजनी गरेका थिए । सो क्रममा २ जनाको मृत्यु समेत भएको थियो ।