डिजेल र मट्टितेलको मूल्‍य २ रुपैयाँ घट्यो

-


     मर्दी न्युज    
     चैत्र १८ गते २०८१ मा प्रकाशित


काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।

पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ भने हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर सात रुपैयाँ, अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलो लिटर अमेरिकी डलर ५१ ले घटाइएको छ ।