रविलाई थुनामा पठाउने उच्च अदालतको आदेश

-


     मर्दी न्युज    
     चैत्र २२ गते २०८१ मा प्रकाशित


उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा रास्वपाका सभापति लामिछानेलाई थुनामा पठाउने आदेश भएको हाे ।

यसअघि जिल्ला अदालतले उनलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश गरेको थियो। तर, उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्लाको उक्त आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउन आदेश दिएको हो।

यसअघि रूपन्देही जिल्ला अदालतले गत माघ १३ गते न्यायाधीश प्रह्लादकुमार योगीको इजलासबाट रविलाई एक करोड धरौटीमा रिहा गर्ने र छविलाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। तर, छविलाई थुनामा राखे पनि उस्तै कसुरमा रविलाई धरौटीमा छाडिएको भन्दै सरकारी वकिल कार्यालयले रविलाई पनि थुनामा पठाउन माग गर्दै उच्च अदालतमा निवेदन दिएको थियो।