
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद (डिपी) अर्याललाई दिएको छ।
सभापति रवि लामिछाने गएराति पक्राउ परेपछि बसेको केन्द्रीय सचिवालयको बैठकले उपसभापति डिपी अर्याललाई कार्यवाहक तोकेको हो।
शुक्रबार उच्च अदातल तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालतको फैसला उल्ट्याउँदै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो।
उनी शुक्रबार राति नै बूढानीलकण्ठस्थित घरबाटै पक्राउ परेका थिए ।