रवि लामिछाने भैरहवा कारागार चलान

-


     मर्दी न्युज    
     चैत्र २५ गते २०८१ मा प्रकाशित


पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज जिल्ला कारगार भैरहवा पुर्‍याइएको छ ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा राख्ने आदेश दिएपछि लामिछानेलाई शुक्रवार काठमाडौँबाट पक्राउ गरिएको थियो ।

सुप्रिम ठगी मुद्दामा यसअघि माघ १३ गते लामिछाने १ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । त्यसपछि लामिछानेले उक्त आदेश बदर गरी साधारण तारेखमा छुट्न आदेशको माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए।

तर, उच्च अदालतले जिल्ला अदालतको धरौटीमा छाड्ने आदेश उल्टाइदिएपछि उनी फेरि पक्राउ परेको हो ।