ताराखोला ३ का वडाध्यक्ष मृतावस्थामा भेटिए

-


     मर्दी न्युज    
     चैत्र २७ गते २०८१ मा प्रकाशित


बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष कर्णबहादुर भण्डारी मृत भेटिएका छन् ।

बागलुङका डीएसपी विजय यादवका अनुसार काँक्राखोर बस्ने ५० वर्षीय भण्डारी बुधबार बिहान मृत भेटिएका हुन् ।

घरदेखि ५० मिटर टाढा रहेको गोठको बाहिरपट्टि रहेको काठको बलोमा नाइलनको डोरीको पासो घाँटीमा लगाई झुण्डिएको अवस्था मृत फेला परेको डीएसपी यादवले जानकारी दिएका छन् ।

मुचुल्का सम्पन्न पश्चात् शव पोस्टमार्टमको लागि नगर अस्पताल गल्कोट पठाइएको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष भण्डारी झुण्डिनुको कारण नखुलेको र थप अनुसन्धान भइरहेको यादवले बताएका छन् ।