
रसुवा- रसुवागढी नाका हुँदै चीनको भू-भागमा अवस्थित कैलाश मानसरोवर तीर्थ जाने तीर्थयात्रीहरुको आगमन सुरू भएको छ ।
अध्यागमन कार्यालय रसुवागढीका प्रमुख लेखनाथ खतिवडाका अनुसार मानसरोवर तीर्थका लागि रसुवागढी नाका भएर तीर्थयात्रीहरु जान लागि सकेको बताउनुभयो ।
जाडो महीनामा परेका हिउँ पग्लिने क्रम शुरू भई आवतजावतमा सहजता आउन थालेपछि मानसरोवर तीर्थ जाने यात्रुको आगमन शुरू भएको बताउँदै खतिवडाले यात्रुहरु अब असोज महिनासम्म यो नाका भएर कैलाश मानसरोवर आवतजावत गर्ने उहाँको भानाई छ ।
रसुवागढी नाका भएर कैलाश मानसरोवर जाने नेपाली तथा तेस्रो मुलुकका तीर्थयात्री रहेका छन । कार्यालयको तथ्याङ् अनुसार मानसरोवर कैलाश यात्राका लागि रसुवागढी बाटो भएर बर्षेनी सात हजार भन्दा बढी तीर्थयात्रीहरु मान सरोबर जाने गरेका छन् । त्यसमध्ये नेपालीको संख्या पनि उच्च रहेको कार्यालयले जनाएको छ ।
कोभिड १९ पछि खुल्ला भएको मानसरोबर यात्रामा नेपालबाट नेपाली नागरिक तथा तेस्रो मुलुकका पर्यटकले मानसरोवर यात्रा गर्ने गर्दछन् । रसुवागढी नाका दुईतर्फी खुला भएसँगै मानसरोवर यात्रामा जानेहरुलाई सहज भएको तीर्थयात्रीहरुले बताएका छन् ।
काठमाडौं–केरुङ–सागा–मानसरोवर ताल–माउण्ट कैलाश रुट हुँदै यात्रा गर्ने गरिन्छ । यस्तो यात्रामा प्याकेज भित्र ल्याउने–पुर्याउने सवारी साधन, बासस्थान, शाकाहारी भोजन, स्थानीय गाइड सहितको सुविधा कम्पनीहरुले उपलब्ध गराउँछन् । चीनको भूमिमा मानसरोवर ताल समुन्द्री सतहबाट ४ हजार ५९० मिटरको उचाईमा अवस्थित छ ।