ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ-मुग्लिन सडक एकतर्फि खुला

-


     मर्दी न्युज    
     वैशाख २८ गते २०८२ मा प्रकाशित


चितवन । इच्छाकामना गाउँपालिका-५ तुइन खोलामा ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ-मुग्लिन सडक एकतर्फि खुलेको छ  ।  वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको मधेस प्रदेश०३-००१ख ९८१७ नम्बरको कोइला बोकेको ट्रक आज बिहान सो स्थानमा पल्टिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार अहिले ट्रक अन्यत्र सारेर सडक एकतर्फि खुला गरेको  र दुर्घटनामा मानवीय क्षति नभएको उनले बताए । दुर्घटना स्थल मुग्लिनबाट दुई किलोमिटर दक्षिणमा पर्छ । रासस