त्रिशुली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता, खोजी हुँदै

-


     मर्दी न्युज    
     वैशाख ३१ गते २०८२ मा प्रकाशित


काठमाडौँ । त्रिशूली नदीमा नुहाउने क्रममा दुई जना बालिका बेपत्ता भएका छन्।

बेलकोटगढी-७ कचौडे भिरस्थित त्रिशुली नदीमा मंगलबार ६ बजे नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी विक्रम लामाले प्रशासनलाई जनाकारी दिए ।

उनका अनुसार नुवाकोटको बेलकोटगढी नगरपालिकाका ११ वर्षीया जेनी डंगोल र ११ वर्षीया सदीक्षा बेपत्ता भएका हुन्। 

दिउँसो नुहाउने भनेर निस्केको ती बालिका साँझसम्म घर नफकिएपछि परिवारले खोज्न थालेका हुन् । प्रहरी र सशस्त्र प्रहरीहरू बेलुका १० बजेसम्म खोजी जारी गर्दा पनि नभेटिएपछि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन भएको र आज पनि बिहानैदेखि खोजी सुरु गर्ने जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।