
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर–२२ पुम्दीभूम्दीस्थित शान्तिस्तुप नजिक बुधवार दिउँसो नगरबस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । ग १ ख ३८ ८६ नम्बरको उक्त माइक्रोबस शान्ति स्तूपको पार्किङ स्थलभन्दा केही माथिको सडकमा पल्टिएको हो।
दुर्घटनामा २८ जना भरतीय जना यात्रु घाइते भएका छन् भने तीमध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
घाईतेहरुलाई उद्धार गरेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

