रवि लामिछानेलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

-


     मर्दी न्युज    
     जेठ १० गते २०८२ मा प्रकाशित


काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामा राख्ने उच्च अदालत बुटवलको आदेशलाई सदर गरेको छ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासले थुनामा राखेर अनुसन्धान गर्न दिएको आदेशविरुद्ध लामिछानेले दिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उनलाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको हो।

यसअघि, उच्च अदालत बुटवलले जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याउँदै लामिछानेलाई थुनामा पठाएको थियो। आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै लामिछानेले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण र उच्च अदालतको आदेश बदर गर्न माग राखी निवेदन दायर गरेका थिए।