कामिरिताको नयाँ कीर्तिमान-३१औँ पटक सगरमाथाको चुचुरोमा

-


     मर्दी न्युज    
     जेठ १३ गते २०८२ मा प्रकाशित


काठमाडौँ । विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३१ औँ पटक सगरमाथा आरोहण सफल गरेका छन् । सोलुखुम्बु थामेका ५५ वर्षीय शेर्पाले आज बिहान ४:०० बजे सगरमाथाको शिखरमा पुगेर यसअघि आफैँले राखेको कीर्तिमान तोडे्का हुन् ।

अघिल्लो वर्ष शेर्पाले २९ र ३० औँ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका थिए । पर्यटन विभागका अनुसार आजदेखि सगरमाथा आरोहण सकिनेछ । यो ‘सिजन’मा ४६ आरोही समूहका ४५८ जनाले आरोहण अनुमति लिएका थिए । उनीहरूमध्ये करिब ५०० जनाले सगरमाथा आरोहण गरेको जनाइएको छ । रासस