कास्कीमा अर्को भूकम्पको धक्का

-


     मर्दी न्युज    
     जेठ १५ गते २०८२ मा प्रकाशित


कास्कीलाई केन्द्र बिन्दु बनाएर आज दोस्रो पटक भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कास्कीको अन्नपूर्ण क्षेत्र आसपास केन्द्र बनाएर बुधबार दिउँसो १२ बजेर ५० मिनेट जाँदा ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

केन्द्रका अनुसार आजै बिहान ११ बजेर ५६ मिनेट जाँदा कास्कीकै फूलिबाङ आसपास केन्द्र बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो । यसअघि जेठ १२ गते जाजरकोट जिल्लाको रामीडाँडा आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको छ । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ ।