पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

-


     मर्दी न्युज    
     असार १ गते २०८२ मा प्रकाशित


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार बिहानदेखि लागु हुने गरी मूल्य बढाइएको हो ।

निगमका अनुसार, पेट्रोल प्रतिलिटर एक रुपैयाँ, डिजेल/मट्टीतेल प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ ।

यससँगै अब पेट्रोलको पहिलो वर्गमा प्रतिलिटर १५७.५०, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ पुगेको छ । बढेको मूल्य आजै रातिदेखि लागू हुने निगमले जनाएको छ ।