अमेरिकाले सुरु गर्‍यो इरानमाथि आक्रमण

-


     मर्दी न्युज    
     असार ८ गते २०८२ मा प्रकाशित


इजरेयल र इरानबीचको युद्धमा अमेरिका पनि संलग्न भएको छ । अमेरिकाले इरानको फोर्दो लगायत तीनवटा पारमाणविक केन्द्रमा सफल बम आक्रमण गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत् जानकारी दिएका हुन् ।

उनले सामाजिक सञ्जाल ट्रुथमा भनेका छन्, ‘हामीले फोर्डो, नातान्ज र इस्फहान सहित इरानका तीन आणविक केन्द्रहरूमा हाम्रो धेरै सफल आक्रमण पूरा गरेका छौँ। सबै विमानहरू अब इरानको हवाई क्षेत्र बाहिर छन्,’

फोर्डोमा बम खसालिएको उल्लेख गर्दै उनले आफ्ना सबै विमानहरू आक्रमणपछि सकुशल फर्किएको भन्दै सफल आक्रमणका लागि अमेरिकी सेनालाई बधाई दिएका छन् ।

इजरायलले यही जुन १३ मा इरानमा आक्रमण गरेपछि दुई देशबीच युद्ध जारी छ। यस क्रममा अहिलेसम्म इरानमा ६५७ जनाको मृत्यु भएको र २००० भन्दा बढी घाइते भएको रिपोर्ट सार्वजनिक भएको छ।