गण्डकी प्रदेशको बजेट पारित

-


     मर्दी न्युज    
     असार १३ गते २०८२ मा प्रकाशित


पाेखरा । वितरणमुखी र असमान योजना वितरण गरिएको आलोचनाबीच गण्डकी प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । शुक्रबार बसेको संसद बैठकमा विनियोजन विधेयक पारित भएको हो ।

अर्थमन्त्री डा. टकराज गुरुङले ल्याएको आगामी आर्थिक वर्ष २०८२/०८३ काे ३१ अर्ब ९७ करोडको बजेट बहुमतले पारित भएको हो । माओवादी बजेटको विपक्षमा उभियो भने राप्रपा तटस्थ बसे ।