मुगुको कोटडाँडामा ४.३ म्याग्निच्युडको भूकम्प

-


     मर्दी न्युज    
     असार १६ गते २०८२ मा प्रकाशित


मुगुमा आज पनि भूकम्प गएको छ । आज बिहान कोटडाँडा आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ८ बजेर ३९ मिनेट जाँदा भूकम्प गएको हो ।

भूकम्पबाट हालसम्म कुनै मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन । स्थानीय बासिन्दाले हल्का कम्पन महसुस गरेको बताएका छन् ।