लिफ्ट बनाउने क्रममा चार तलाबाट खसेर २ कामदारको मृत्यु

-


     मर्दी न्युज    
     असार १६ गते २०८२ मा प्रकाशित


काठमाडौँ । दरबारमार्गमा लिफ्ट बनाउने क्रममा चार तलाबाट खसेर २ कामदारको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा कैलाली घर भएका अन्दाजी ३० वर्षका प्रदेशी चौधरी र बर्दिया घर भएका अन्दाजी २० वर्षका विशाल चौधरी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार अपराह्न ५ बजेतिर दरबारमार्ग स्थित हिटीपोखरी नजिक पोतला डेभलप्मेन्ट प्रालिले बनाउँदै गरेको ९ तले पक्की घरको चौथो तलाबाट उनीहरू खसेका थिए।

लिफ्टमा ग्रिज लगाउन भन्दै चढेका उनीहरू फलामको सिक्री चुँडिएर भुईँमा खसेका थिए । गम्भीर घाइते भएका उनीहरूलाई वीर अस्पताल लगिएकोमा अपराह्न सवा ५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।