पेट्रोलको मूल्य लिटरमा पाँच रुपैयाँ बढ्यो, डिजेल र मट्टितेलमा पनि मूल्य वृद्धि

-


     मर्दी न्युज    
     असार १६ गते २०८२ मा प्रकाशित


पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलको प्रतिलिटर पाँच रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर चार रुपैयाँले मूल्यवृद्धि भएको हो ।

नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ कायम भएको छ। हवाइ इन्धनमा पनि प्रतिकिलो लिटर ५१ डलर वृद्धि भएको छ।

वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।