कन्टेनरमा लोड गरेर तातोपानी नाकाबाट पहिलो पटक नेपाल भित्रियो हेलिकप्टर

-


     मर्दी न्युज    
     असार १९ गते २०८२ मा प्रकाशित


काठमाडौँ । तातोपानी भन्सार नाका हुँदै पहिलो पटक हेलिकप्टर आयात भएको छ । 

माउन्टेन हेलिकप्टर प्रालिले चीनको बाटो हुँदै तातोपानी भन्सार नाकासम्म हेलिकप्टर ल्याइपुर्‍याएको हो ।

उक्त हेलिकप्टरलाई ४० फिटे कन्टेनरमा लोड गरी ल्याइएको माउन्टेन हेलिकप्टर कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार उक्त हेलिकप्टर फ्रान्सको एयरबस कम्पनीमा बनेको हो । त्यसलाई चीनको बाटो हुँदै नेपाल ल्याइएको हो । अहिले तातोपानी भन्सार नाकामा जाँचपासको प्रक्रिया चलिरहेको बताइएको छ ।