
काठमाडौँ । वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी)को बेथितिबारे छानबिन गर्न गठित कार्यदलले सरकारलाई प्रतिवेदन बुझाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार समितिले बिहीबार प्रतिवेदन बुझाएको हो ।
एनओसी शाखामा अनियमितता हुने गरेको पाइएपछि शिक्षा मन्त्री रघुजी पन्तले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्ण काप्रीको संयोजकत्वमा समिति बनाएका थिए ।
एक महिनाको समय पाएको समितिले प्रतिवेदन बुझाएको हो । सेवा प्रवाहलाई सहज, सरल, व्यवस्थित बनाई प्रभावकारी बनाउन मन्त्रालयले अध्ययन गर्न समिति बनाएको थियो । प्रतिवेदनमा एनओसी शाखाको समस्या, गर्नुपर्ने सुधार र समाधानबारे सुझाव समेटिएको समितिका संयोजक कृष्णप्रसाद काप्रीले बताए ।
समितिले नीतिगत र संगठनात्मक सुधार गर्नसमेत सिफारिस गरेको छ । एनओसी शाखामा अनियमितता हुने गरेको भेटिएको थियो ।

