
सांकेतिक तस्विर
बेनी–जोमसोम सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।
आज बिहान ५ बजे अन्नपूर्ण गाउँपालिका-३ सुकेबगरस्थित बेनी-जोमसोम सडक खण्डमा सडक माथिबाट लेदो माटोसहितको पहिरो खसे। म्याग्दीस्थित उक्त सडक खण्ड अवरुद्ध भएको हो ।
पहिरोले सडकमा पूर्णरूपमा अवरोध हुँदा उक्त सडक खण्ड हुँदै गुड्ने सवारी साधन प्रभावित भएका छन् ।

