घट्यो डिजेल र मट्टितेलको मूल्य, पेट्रोलको यथावत

-


     मर्दी न्युज    
     भाद्र १५ गते २०८२ मा प्रकाशित


नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाइएको छ । आइतबार नेपाल आयल निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै इण्डियन आयल कर्पोरेशनले मूल्य समायोजन गरेर पठाएको भन्दै पेट्रोलियम पदार्थको मूल्य घटेको जानकारी दिएकाे हो ।

निगमका अनुसार डिजेल र मटिट्तेल प्रतिलिटरमा ४ रुपैयाँ मूल्य घटेको छ ।  पेट्रोल र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत रहेको निगमले जनाएको छ । यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ १ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि ७ अमेरिकी डलर घटेको छ ।

नयाँ मूल्य राति १२ बजेदेखि लागु हुने छ।