जेन जीको आन्दोलन चर्केपछि पोखरामा कर्फ्यु

-


     मर्दी न्युज    
     भाद्र २३ गते २०८२ मा प्रकाशित


पोखरा । जेन जीको आन्दोलन चर्कंदै गएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा कर्फ्यु लगाएको छ ।

प्रहरी घेराभित्र रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तोडफोडका साथै आगजनी प्रयास भएपछि सहिदचोक आसपासमा कर्फ्यु आदेश जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माद्वारा हस्ताक्षरित सूचनाअनुसार, २०८२ असार २३ गते दिउँसो २ बजेदेखि लागु हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन सहित) को दफा ६ को उपदफा (एक) बमोजिम निषेधाज्ञा जारी गरिएको हो।