जेनजी प्रदर्शनका क्रममा घाइते भएकामध्ये हालसम्म ५ जनाको मृत्यु

-


     मर्दी न्युज    
     भाद्र २३ गते २०८२ मा प्रकाशित


जेनजीहरुले गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागि घाइते भएकामध्ये हालसम्म ५ जनाको मृत्यु भएको छ ।

घाइतेमध्ये ट्रमा सेन्टरमा ४ जनाको मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ ।

अर्का एक जना प्रदशर्नकारीको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।