
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको राजीनामा मंगलबार दिउँसो स्वीकृत गरेका हुन्।
प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो राजीनामाको घोषणा गरेका थिए।
विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूले मिति २०८२ भदौ २४ गते प्रधानमन्त्री पदबाट दिएको राजीनामा सोही मिति देखि लागु हुने गरी स्वीकृत गर्नु भएको छ। नेपालको संविधानको धारा ७७ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभए सम्म सोही मन्त्रिपरिषद्ले कार्य सञ्चाल गर्नेछ भनि तोक्नु भएको छ। २०८२ साल भदौ २४ गते मङ्गलबार। ने.सं. ११४५ ञलागा, द्वितीया। (रूपेशजंग थापा मगर) उपसचिव

