गण्डकी प्रदेशसभादेखि मुख्यमन्त्री निवासहुँदै वडा कार्यालय र प्रहरी विटसम्म प्रदर्शनकारीको तोडफोड र आगजनी

-


     मर्दी न्युज    
     भाद्र २४ गते २०८२ मा प्रकाशित


पोखरा । जेनजी आन्दोलन चर्किँदै जाँदा पोखराको नदीपुरस्थित गण्डकी प्रदेशसभा सचिवालय भवनमा प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेका छन्।

त्यसैगरी, प्रदर्शनकारीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मुख्यमन्त्रीको निवास, प्रदेश प्रमुखको निवास, एमाले गण्डकी प्रदेश र कास्की जिल्ला पार्टी कार्यालयमा समेत तोडफोड र आगजनी गरेका छन्।

सरकारी सम्पत्तिमाथि आक्रमणसँगै मन्त्री बिन्दुकुमार थापाको घर र सचिवहरूको निवास पनि निशानामा परेका छन्। आन्दोलनकारीले पोखरा महानगरपालिका र वडाहरुका साथै लेकसाइडका होटेलहरुमा समेत आक्रमण र आगजनी गरेका छन् ।

त्यस्तै पोखराको भद्रकालीमन्दिरको माछापोखरीस्थित प्रहरी कार्यालयमा पनि साँझ ६ः३० बजे प्रदर्शनकारीले तोडफोड गरेका छन् ।