
काठमाडौं। केन्द्रीय कारागार सुन्धाराबाट पनि कैदीबन्दीहरु भागेका छन् । भाग्नेमा नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनिएका नेता टोपबहादुर रायमाझी पनि रहेको स्रोतले बतायो ।
कैदीबन्दीहरुले हिजो रातिदेखि होहल्ला र तोडफोड सुरु गरेपछि प्रहरीहरु कारागार छोडेर हिँडेका थिए । त्यसपछि कैदीहरु पनि भाग्न थाले । अधिकांस कैदीभागेपछि सेना आएको थियो । अहिले सेनाले कारागारलाई नियन्त्रणमा लिएको छ ।
भागेका केही कैदीबन्दीहरुलाई फर्काइएको सैनिक स्रोतले बतायो ।

