
मुस्ताङ । गएराती परेको अविरल वर्षाले म्याग्दी- जोमसोम सडक खण्ड पूर्णरूपमा अवरूद्व भएको छ ।
म्याग्दी- जोमसोम सडक खण्ड अन्तर्गत रूप्से-घाँसाको बीच काभ्रे भीर खसेर सडक पूर्णरूपमा अवरूद्व भएको स्थानीयले जनाएको छ । ठूलो ठूलो ढुङ्गा खसेकोले त्यसलाई पन्छाउन ३-४ घण्टा समय लाग्ने बताइएको छ ।
अहिले दुवैतर्फ बाटाे सफा गर्ने कार्य भइरहेकाे छ ।



