अवरुद्ध मुग्लिन-नारायणगढ सडकको पहिरो हटाउन बिहानैदेखि सुरु

-


     मर्दी न्युज    
     असाेज ५ गते २०८२ मा प्रकाशित


मुग्लिन-नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिक खसेको पहिरो पन्छाउने काम बिहानैदेखि सुरु गरिएको छ ।

शुक्रवार साँझदेखि अवरुद्ध बनेको सडकखण्ड आज बिहानदेखि मेसिन परिचालन गरी पहिरो पन्छाउने कार्य सुरु भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । पहिरो खस्न नरोकिएपछि शनिवार साँझपछि रोकिएको पहिरो हटाउने कार्य आज बिहानबाट सुरु गरेको हो ।

सडक अवरुद्ध भएपछि शुक्रवार रातिदेखि नै यात्रुहरू बाटोमै अलपत्र परेका छन् । अहिले पनि सडकमा धेरै सवारी साधन र मानिसहरू अलपत्र छन् । राजमार्गको दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ ।