गण्डकी सरकारको नीति तथा कार्यक्रम बहुमतबाट पारित

-


     मर्दी न्युज    
     असार १ गते २०७८ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । मंगलबार बसेको बैठकमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जवाफ दिएपछि नीति कार्यक्रम पारित भएको हो ।

सभामुख नेत्रनाथ अधिकारीले नीति तथा कार्यक्रम मंगलबार बहुमतबाट पारित भएको घोषणा गरेका हुन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार सरकारको नीति तथा कार्यक्रम प्रदेश सभा बैठकमा पेस गरेकी थिइन् । त्यसमाथि छलफलसमेत गरी मंगलबार पारित गरिएको हो । नेपाली कांग्रेस नेतृत्वमा गठित सरकारलाई प्रदेश सभाका बहुमत ३१ सांसदको समर्थन छ ।