Author Archive

भारतीय प्रख्यात कलाकार सतीश कुमार गुजरालको ९४ वर्षको उमेरमा निधन

एजेन्सी पोखरा, १४ चैत्र । भारतका प्रसिद्व अन्तर्रास्ट्रिय चित्रकार तथा वास्तुकार सतीश कुमार गुजरालको हिजो बिहीबारको दिन ९४ वर्षको उमेरमा निधन भएको छ । उनको जन्म हाल पाकिस्तानको झेलुममा सन १९२५ मा भएको थियो । उनी भारतका पूर्व प्रधानमन्त्री इन्द्रकुमार गुजरालका सहोदर भाइ हुन् । भारतीय एक्सप्रेस अखबारलाई बताएअनुसार उनको शुरूवाती भारतका प्रसिद्व कवि फेज अहमद फेज, गालीब र गुजरालको कविताहरूबाट सुरु भएको थियो । भारतको कला क्षेत्रमा उनले योगदान गरे बापत भारतको दोस्रो सर्वोच्च नागरिक पद, पद्यम विभूशित पुरस्कार… पुरा पढौ

पोखरामा ११५ युनिट रगत संकलन

पोखरा १ चैत । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि रक्तदानका कार्यक्रम नै कम हुँदै रगत अभाव हुन लागिरहेको अवस्थामा पोखरामा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पोखराको चिप्लेढुङ्गामा शनिवार बिहान भएको रक्तदान कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको शुरुवात गरेका थिए । उनले विश्वभर फैलिरहेको कोरोनाभाइरस संक्रमणको अवस्थामा हामी समयमै सजक भएर सुरक्षा व्यवस्था अपनाउनुपर्ने बताए । सरकारले सभा, सम्मेलन र जमघटका कार्यक्रम स्थगित गर्न आह्वान… पुरा पढौ

पूर्वकर्मचारी परिषद्को १५ औं वार्षिक साधारणसभा

mardi news
पोखरा, १५ फागुन । नेपालमा सबै सार्वजनिक सेवामा कार्यरत कर्मचारीहरुले अनुशासनमा रहेर काम गर्नुपर्ने कार्यक्रमका प्रमुख अतिथि माधवप्रसाद घिमिरेले बताए । पूर्व कर्मचारी परिषद् नेपालको १५ औं वार्षिक साधारणसभाको विहीवार पोखरामा उद्घाटन गर्दै घिमिरेले यस्तो बताएको हो । साधारणसभका अर्का विशिष्ट अतिथि भूमि, कृषि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव अच्युतप्रसाद ढकालले कार्यक्रममा आप्mना भनाई राख्न पाउँदा साह्रै गौरवान्वित भएको बताउँदै सार्वजनिक सेवाका पूर्व कर्मचारीहरुको धेरै लगानी र अनुभव रहेको बताए । पूर्व कर्मचारीहरुको योगदान र अनुभवले सेवारत कर्मचारीको लागि मार्गनिर्देशन… पुरा पढौ

प्रदेश सरकारले साँस्कृितक ग्राम बनाउँछ: मन्त्री गुरुङ

Mardi News
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले लोक संस्कृतिको खानी गण्डकी प्रदेशको पहिचान झल्किने गरी साँस्कृतिक ग्राम निर्माणको परिकल्पना गरी कास्कीको पाउँदरकोटमा करिब १३ सय रोपनी जग्गा तय भएको जनाएका छन् । साँस्कृतिक ग्राममा सबैकुरा समेट्नु पर्ने भएकाले विज्ञसँग छलफल गरेर ठोस निर्णयमा पुग्ने बताए । हिमाली साँस्कृतिक परिवारको २३ औ वार्षिकोत्सव तथा स्रष्टा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले हिमाली साँस्कृतिक परिवारको पहललाई प्रोत्साहन गर्न एकेडेमी बनाउने कानुनी प्रक्रिया रहेका जानकारी दिए । परिवार परिपक्व रहेका प्रशसा गर्दै… पुरा पढौ

पिपल पातको कलामा डुबुल्की मार्दै केदार पालिखे

Mardi News
पोखरा । घरको प्रवेशद्वारबाट भित्र छिर्ने्बित्तिकै सुन्दर दृश्यले मन तान्छ । किनकि त्यहाँ विभिन्न खाले सिर्जनशील कला देख्न सकिन्छ । बाहिर र भित्र जताततै चित्रहरू । अझ भन्नुपर्दा पिपलको पातमा कोरिएका नेपालका गाउँघरको सुन्दर सिर्जनशील कला । घरका भित्तामा थुप्रै चित्रहरू फ्रेममा सजिएर टाँसिएका थिए । मानिसहरु भन्ने गर्छन्– ‘उसको स्वर त कस्तो ‘गर्ड गिफ्टेड’ रैछ, भगवानले त उसलाई साथ दिएकै हो । स्वर सुन्दा पनि कति आनन्द आउछ ।’ तर कलाको विधा फरक छन् । कोही गीत गाउँछन्, कोही… पुरा पढौ