ताजा समाचार

प्रधानमन्त्रीले भेटे भारतीय सेनाध्यक्ष नरवणेलाई

तिन दिने औपाचारिक भ्रमणमा नेपालमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द्र नरवणे र प्रधानमन्त्रि केपी शर्मा ओली बिच भेटवार्ता भएको छ । आफ्नो भ्रमणको उत्तरार्धमा नरवणेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका हुन् । भेटमा प्रधानमन्त्रीसँगै उनका विदेश मामिला सल्लाहकार राजन भट्टराई र परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल पनि सहभागी छन् । भेटका क्रममा प्रधानमन्त्रीले दुई देशका सेनाप्रमुखहरुलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा नेपाल र भारतका बीचमा सदिऔं पुरानो विशिष्ट सम्बन्ध रहेको समेत स्मरण गराएका छन् । भेटमा नरवणे… पुरा पढौ

धम्पुस, अष्ट्रेलियन क्याम्प र मर्दि हिमाल रुटमा पिसिआर अनिवार्य

स्वदेशी पर्यटकको अत्यन्तै चहलपहल हुने तथा अध्याधिक रुचाईएको गन्तब्य धम्पुस, अष्ट्रेलियन क्याम्प र मर्दि हिमाल पदयात्रामा पर्यटकलाई ७२ घण्टा भएको पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ । कोरोना भाइरसको बढ्दो संक्रमण र त्यस रुटमा चहलपहल बढि भएको र स्थानिय स्तरमा संक्रमण बढ्न सक्ने खतरा औल्याउँदै स्थानियले जनप्रतिनिधिलाई सचेत गराएको कारणले माछापुच्छ्रे गाउँपालिकाका वडा नं ७, ८ र ९ तथा अन्नपूर्ण गाउँपालिकाका वडा नं ६ र ७ को संयुक्त बैठक बसि २०७७/७/२१ गते देखि पर्यटकलाई अनिवार्य पिसिआर नेगेटिभ रिपोर्ट लिएर मात्र… पुरा पढौ

कोरोना संक्रमणवाट थप १७ जनाको मृत्यु

पोखरा । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको छ । देशभर आज थप १७ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ९ सय ७ पुगेको छ । जस मध्ये १ जना चिनियाँ नागरिक रहेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । सबैभन्दा बढि मृत्यु हुनेमा बाग्मती प्रदेश र सबैभन्दा कम कर्णाली प्रदेशमा क्रमशः ४३६ र १० जना रहेका छन् । पुरा पढौ

गण्डकी प्रदेशमा थप ७० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६७९० पुग्यो

पोखरा । गण्डकी प्रदेशमा ७०जनामा नयाँ संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र लाइफ केयर डाइग्नोस्टिक एण्ड रिसर्च प्रा.लि. मा गरिएको परीक्षणमा ६ जिल्लाका ७० जनामा पोजेटिभ देखिएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ति (पहिलो र दोस्रो) अनुसार कोरोना पुष्टि हुनेमा स्याङ्जामा ३, कास्कीमा १, तनहुँमा २, बागलुङ ५, म्याग्दीमा ४ र नवलपरासी (व.सु.पू.) का ५५ जना रहेका छन् । योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ६ हजार ७ सय ९० पुगेको छ । पुरा पढौ

प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । उनका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको सम्बोधन शुक्रबार अपरान्ह ४:२५ बजे नेपाल टेलिभिजनबाट प्रशारण हुनेछ । त्यस्तै प्रधानमन्त्री ओलीको आधिकारिक वेवसाइट kpsharmaoli.com.np मा पनि हेर्न सकिने थापाले बताए । पछिल्लो समय भारतीय गुप्तचर निकाय रअका प्रमुखसँग बालुवाटारमा भेटवार्ता गरेको विषयलाई लिएर प्रधानमन्त्री आलोचित छन् । पुरा पढौ

लकडाउन जेठ ३२ सम्म थप्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप गरि जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ, सूचना तथा संचार प्रविधि मन्त्री डा. युवराज खतिवडाले बताए । साथै हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ सम्म बन्द हुने मन्त्री खतिवडाले बताए । यद्यपि यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्छ । विज्ञहरुसँग परामर्श गरेर मोडालिटी तय गर्ने… पुरा पढौ

कोरोनाबाट नेपालमा दोस्रो व्यक्तिको मृत्यु

पोखरा, ४ जेठ । बाँकेको क्वारेन्टाइनमा आइतबार बिहान मृत्यु भएका २५ वर्षीय युवाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने दुई पुगेको छ । मृतक युवकको स्वाब परीक्षणको क्रममा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले त्यसको पुष्टि गरे । मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए । क्वारेन्टाइनमा बस्ने क्रममा स्वासप्रश्वासमा समस्या भएको र आइतबार विहान ६ः४० बजे मृत्यु भएको हाे । मृतक युवकको बारे थप विवरण आउन बाँकी… पुरा पढौ