राम्रो नेपाल

ऐतिहासिक सम्पदा ‘भिरकोट दरबार’को संरक्षण सुरु

स्याङ्जा- स्याङ्जाको भिरकोट नगरपालिका वडा न.१ मा रहेको पौराणिक युगदेखि नै अस्तित्वमा रहेको दरवार जिर्ण बन्दै गएपछि यसको संरक्षण गर्न शुरु गरिएको छ । पृथ्वीनारायण शाहको उदयअघि कर्णाली पारीका बाइस चौबिसे राज्यहरुलाई आधार मानेर यस ठाउँको नामकरण गरिएको देखिन्छ । तत्कालीन नेपालमा अस्तित्वमा रहेका बाइसे–चौबिसे राज्यहरुमध्ये चौबिसे राज्यका रूपमा भिरकोट राज्य एक प्रभावशाली राज्यका रुपमा रहेको इतिहासमा उल्लेख छ । यही ऐतिहासिक राज्यको नामको ऐतिहासिक विरासतलाई नै ग्रहण गरेर नगरपालिकाको नामसमेत भिरकोट राखिएको हो ।कतिपय दरबारहरुको त अहिले अवशेष मात्र… पुरा पढौ

मिलेनियम पदमार्गमा थपिदैं आकर्षक गन्तव्य, गहते मनकामनामा सुन चौतारी निर्माण

स्याङ्जा, ४ असार । सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) बाट परिचित तनहुँ जिल्लाको दुलेगौंडाबाट शुरु भएर स्याङ्जा जिल्लाको वालिङ, रामबाच्छामा टुंगिने मध्य पहाडी क्षेत्रको चर्चित पदमार्गमा प्रत्येक वर्ष केहि न केहि नयाँ आकर्षण थपिने क्रम जारी छ । यसै पदमार्ग अन्तर्गत जिल्लाको विरुवा गाउँपालिका ७ गहते मनकामनामा थप सौन्दर्यीकरण गरिएको छ । गहते मनकामना आफैमा एक सुन्दर तथा ऐतिहासिक ठाउँ पनि हो । मनकामना मन्दिर यसै पनि प्रसिद्ध छ । गुरुङ जातिको बाहुल्यता रहेको यो गाउँ अतिथि सत्कार तथा होमस्टेको लागि… पुरा पढौ

चार देशीय ‘पोखरा आर्ट क्याम्प’ हुने

काठमाडौँ, २२ जेठ । चार देशका कलाकारहरूको सहभागितामा पोखरामा बृहत् आर्ट क्याम्प आयोजना गरिने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा आगामी भदौ ३१ देखि असोज ४ गतेसम्म हुने ‘पोखरा आर्ट क्याम्प’मा नेपालसहित भारत, बङ्गलादेश र इरानका झण्डै १०० कलाकारको सहभागिता रहने आयोजक अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालले जनाएको छ । कोभिड–१९ सङ्क्रमणका कारण ललितकलाका गतिविधि भर्चुअलमा सीमित भइरहेको सन्दर्भमा सङ्क्रमण न्यून भएसँगै उक्त कार्यक्रम भौतिक उपस्थिति गर्न लागिएको हो । महामारीले पर्यटनसहित ललितकलाका कार्यक्रमसमेत नराम्ररी प्रभावित भएको थियो ।… पुरा पढौ

लोमान्थाङमा ‘तिजी’को रौनक

मुस्ताङ (लोमान्थाङ), १४ जेठ । मुस्ताङको लोमान्थाङमा शुक्रबारदेखि ऐतिहासिक र सांस्कृतिक महत्वको ‘तिजी’ पर्व मनाउन सुरु भएको छ । लोमान्थाङ दरबारमा बौद्ध धर्मगुरु पदम्सम्वा रिम्पोचेको तस्बिर अङ्कित ठूलो आकारको थाङ्का प्रदर्शनी र धार्मिक विधिअनुसार पूजाआजा गरेर तिजी पर्व मनाउन थालेका हुन् । दुई तले घर बराबरको उचाइ भएको थाङ्का वर्षको एक दिन मात्र दरबारबाट बाहिर निकालेर सर्वसाधारणलाई पूजाआजा र अवलोकनका लागि खुला गरिन्छ । लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका दश वटा वडाका बासिन्दाले हरेक वर्षको ज्येष्ठ कृष्ण द्वादशी तिथीदेखि तीन… पुरा पढौ

गायक लामाले विश्वकै अग्लो स्थानमा गीत गाएर रेकर्ड तोडे

काठमाडौँ । गायक राजु लामाले पृथ्वीको अग्लो स्थानमा गीत गाएर रेकर्ड तोडेका छन् । जलवायु परिवर्तनबारे जनचेतना जगाउन सगरमाथा आरोहण अभियानका क्रममा रहेका उनले क्याम्प २ र क्याम्प ३ को बीचमा बसेर कन्सर्ट गरेका हुन् । उनले हिजो सोमबार समुद्री सतहबाट ६ हजार ५७४ मिटरको उचाइमा पुगेर गीत गाए । ‘३६ सयभन्दा माथिको उचाइमा गीत गाउन त्यति सजिलो छैन । यसअघि, ६ हजार ४७० मिटरमा मान्छेले गाएका रहेछन् । मैले चाहिँ ६ हजार ५७४ मिटर अग्लो स्थानमा मेरो रिलिज नभएको… पुरा पढौ

मुस्ताङमा पर्यटकको चाप बढ्यो

मुस्ताङ । हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङमा कोभिड सङ्क्रमणको अवस्था सामान्य बन्दै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ । स्थलमार्ग र हवाईमार्गबाट गरी दैनिक करिब तीन हजार पर्यटक मुस्ताङ भित्रिन थालेपछि व्यवसायी उत्साहित बनेका छन् । साथै मुस्ताङको रौनक पनि फेरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्रका रूपमा रहेको मुस्ताङमा दैनिक १५ हवाई उडान हुन थालेका जोमसोम विमानस्थलले जनाएको छ । त्यसैगरी म्याग्दी सदरमुकाम बेनीदेखि यातायातका साधनमार्फत मुस्ताङ जानेका कारण बेनी-जोमसोम सडकमा सवारी साधनको बाक्लो लाइन… पुरा पढौ

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा जलपक्षी गणना सुरु

कञ्चनपुर, १८ पुस । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रमा शनिबारदेखि जलपक्षी गणना सुरुआत गरिएको छ । निकुञ्जभित्रका र बाह्य क्षेत्रका तालतलैया तथा नदीमा जलपक्षी गणना सुरु गरिएको हो । गणना अगामी माघ २ गतेसम्म जारी रहने छ । यसका लागि निकुञ्ज कार्यालयका कर्मचारी, नेपाल पक्षी संरक्षण सङ्घका विज्ञहरु, हिमाली प्रकृति, एनटिएनसी, नेचर गाइड एशोसिएशनका प्रतिनिधिलगायतको सहभागिता छ । गणनामा संलग्नले वाइनाकुलर, टेलिस्कोप, क्यामेरालगायतको प्रयोग गरिएको सङ्घका चराविज्ञ हिरुलाल डगौराले जानकारी दिए । स्थलगतरूपमा पुगेर र कुनै ठाउँमा डुङ्गालगायतमा चढेरसमेत जलपक्षी गणना… पुरा पढौ