राम्रो नेपाल

ढोरपाटनमा सकियो पहिलो शिकार याम : तोकिएभन्दा कम शिकार

बलेवा । नेपालको एकमात्रै शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा यस वर्ष निर्धारित कोटाभन्दा कम शिकार भएको छ । शिकारको पहिलो याम समाप्तिसँगै आरक्षका विभिन्न ब्लकमा नौ नाउर र तीन झारलको शिकार भएको हो । पहिलो शिकार यामका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले छ वटा झारल र १० वटा नाउरको कोटा निर्धारण गरेको थियो । झारल तोकिएकोभन्दा तीनवटा कम र नाउर तोकिएकोभन्दा एकवटा कम शिकार भएको हो । एक झारल र एक नाउरको अनुमति प्राप्त गरेका रुसी नागरिक इभिजिनी… पुरा पढौ

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी

नरेश केसी,सिद्धार्थनगर, २५ माघ । महामानव गौतमबुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य राज्यको राजधानी तथा विश्वको सबैभन्दा ठूलो खुला सङ्ग्रहलाय दाबी गरिएको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अभियान शुरु गरिएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि आवश्यक संरक्षित स्मारक क्षेत्र घोषणा गर्नुपर्ने आवश्यकतानुसार नेपाल सरकार पुरातत्व विभाग, लुम्बिनी विकास कोष र कपिलवस्तु नगरपालिकाले संयुक्तरूपमा स्थानीयस्तरको छलफल गरेसँगै उक्त कामको थालनी भएको हो । प्राचीन शाक्यहरूको राजधानी तिलौराकोटलाई विश्व सम्पदा सूचीमा जतिसक्दो छिटो सूचीकृत गर्न स्थानीय सरकारको तर्फबाट… पुरा पढौ

धम्पुस पिक (थापा पिक) आरोहणको तयारी तीब्र

पोखरा । नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशको आयोजनामा यस क्षेत्रको पर्वतीय पर्यटनको प्रबर्द्धन तथा प्रचार प्रसारगर्ने उदेश्य अनुरुप यही पुस २७ गते (जनवरी ११, २०२१) का दिन सुरुहुने आठदिने धम्पुस पिक (६०१२ मि) आरोहण तथा पर्वतीय पर्यटन पुनरोत्थान कार्यक्रम २०७७ को तयारी तीब्र गतिमा भएको छ। पोखरास्थित विभिन्न ९ वटा ट्रेकिङ कम्पनीसहित पत्रकारको टोलीले मुस्ताङ जिल्लास्थित उक्त हिमाल आरोहण गर्दै छन। विभिन्न बन्दोबस्तीका सामानहरु, टेक्निकल गियरहरु, बीमा तथा पर्यटन विभागद्वारा जारी गरिने आरोहण अनुमति पत्रको व्यवस्थापन गर्न संयोजक जिवनराज सापकोटाको… पुरा पढौ

खप्तड घुम्न हेलिकप्टरको व्यवस्था

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि हेलिकोप्टर प्याकेजको व्यवस्था गरिएको छ। डोटीको पूर्वीचौकी गाउँपालिकास्थित झिङ्ग्रानामा निर्माण गरिएको खप्तड घरवासले माउन्टेन एयरसँग सहकार्य गर्दै खप्तड घुम्नका लागि हेलिकप्टर प्याकेजको व्यवस्था गरेको हो। सुदूरपश्चिम प्रदेशकै सुन्दर तथा मनोमोहक खप्तड क्षेत्रमा घुम्न आउने पर्यटकको सहजताका लागि यस्तो व्यवस्था गरिएको खप्तड घरवासका सञ्चालक दीपकबहादुर खड्काले जानकारी दिए। बझाङ, बाजुरा, अछाम तथा डोटीको सङ्गमस्थल समेत रहेको खप्तड क्षेत्र प्राकृतिक सौन्दर्यको खानीका रूपमा चिनिँदै आएको छ। उक्त क्षेत्रमा पर्यटक ल्याई सहजरूपमा भित्र्याउन हेलिकोप्टर प्याकेजको व्यवस्था… पुरा पढौ

पुम्दीकोट धार्मिक पर्यटनको नयाँ गन्तव्य बन्दै

पोखरा महानगरपालिका २२ स्थित पुम्दीकोटमा विशाल महादेवको मूर्ति जडान गर्ने काम चलिरहेको छ । पुम्दीकोटलाई धार्मिक एवं पर्यटकीय आकर्षणको केन्द्रको रूपमा विकास गर्ने उद्देश्यले हाल भूमेश्वर महादेवको विशाल मूर्ति जडान गरिँदैछ । भारतको मथुराबाट विशाल भूमेश्वर महादेवको मूर्ति निर्माणस्थलमा ल्याई जडान गरिएको पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए । भूमेश्वर महादेव मूर्ति निर्माण समितिका संयोजक समेत रहेका उनले फाइवर ग्लासको ६ टन तौल बराबरको सो मूर्ति जडान जारी रहेको बताए । मूर्ति जडानका लागि भारतबाटै झिकाइएका २० जना… पुरा पढौ

गणतन्त्रको बिचल्ली

– परशुराम घिमिरे ‘निदान’ देशमाराजनीतिलेकुटनैतिका सिद्धान्तमूल्यमान्यता खरानी पार्न सक्लाकहिल्यै कल्पना गरीनतरके हुँदो रहेनछ र ?स्वार्थी र अवसरवाद हावी भए पछी। देश भनेपछि हुरुक्क हुने नेता थिएबैरी संग न झुक्ने शाशक थिएसाँध सिमाका पिल्लरनक्सा र स्वाभिमानबिक्री हुन्नथ्यो कौडीमापारीवारीक स्वार्थ पूर्तीका लागिगलत सन्धि गरिन्नथ्योर पो !शिर उच्च थियोे । किन हामी देश मिचींदासिमा स्तम्भ हराउँदाखुलेर बोल्न सक्दैनौं ?आफ्नो हक र विरासतका लागिकिन दह्रो खुट्टा टेक्न सक्दैनौं ?के हामी साच्चिकै स्वाधिन छैनौं ?आजको कानुन सिमा विषयमाहक र स्वाभिमानका पक्षमावकालत गर्न सक्षम छैन ?धर्म… पुरा पढौ

प्रकृति, संस्कृति र आत्मीयताको त्रिवेणीः टुटेपानी !

प्रकृति, संस्कृति र आत्मीयताको त्रिवेणी हो तनहुँको भानु नगरपालिका–१३ मा पर्ने टुटेपानी गाउँ । स्वच्छ हावापानी, प्राकृतिक सौन्दर्य, अग्र्यानिक खानेकुरा, स्थानीयको सौहार्दपूर्ण व्यवहार । नेपालका प्रायः गाउँलेहरू सरल, निश्चल र सहयोगी हुन्छन् । ‘अतिथि देवो भवः’ गाउँलेहरूको व्यवहारमा मात्र पाइन्छ । त्यस्तै आत्मीयताको एउटा मुहान हो टुटेपानी गाउँ । गाउँलेको निश्चल हाँसो, बोली र व्यवहारले टुटेपानी गाउँ पुग्ने जो कोहीलाई लठ्ठ बनाउँछ । १२७५ मिटरको उचाईमा रहेको टुटेपानी गाउँ तनहुँको दोस्रो अग्लो डाँडा मिर्लुङकोट (१,६४५ मिटर)को दक्षिणी काखमा अवस्थित छ… पुरा पढौ