राम्रो नेपाल

तनहुँको थानीमाई मन्दिरमा भोलिदेखि महायज्ञ धार्मिक पर्यटक बढ्ने विश्वास

मर्दी न्यूज, पोखरा, १५ मंसिर । तनहुँको प्रसिद्ध धार्मिक गन्तव्य थानीमाई मन्दिरमा भोलि अर्थात् मंसिर १६ गतेदेखि महायज्ञ गरिने भएको छ । महायज्ञ सञ्चालनको लागि सम्पूर्ण तयारी पूरा भइसकेको मन्दिर व्यवस्थापन समितिका सचिव हर्कबहादुर थापाले बताउनुभयो । भानु नगरपालिकाको वडा नं. ७ (साविक बसन्तपुर गाविस) मा रहेको थानीमाई मन्दिरको आवश्यक भौतिक संरचना निर्माण गर्न आर्थिक संकलन तथा प्रचारप्रसार गर्ने उद्देश्यका साथ महायज्ञ गर्न लागिएको थानीमाई मन्दिर व्यवस्थापन तथा संरक्षण समितिका सचिव थापाले जानकारी दिए । मंसिर १६ देखि २४ गतेसम्म… पुरा पढौ

जनसंख्या अनुसार बोन धर्म

खड्ग तमु: तमु अर्थात् गुरुङ जातिको आदिम धर्मको कुरा गर्नुपर्दा बोन धर्मावलम्वी हुन् । यसरी नै नेपालको हिमाली क्षेत्रमा बोन परम्परा थियो । १५ औं शताब्दीमा उपल्लो मुस्ताङमा सक्यपा र डोल्पो तथा तल्लो मुस्ताङमा बोन्पो सम्प्रदाय फस्टाएको थियो । ई. १८५४ मा मुलुकी एने लागू भएपछि नेपालमा हिन्दुकरणले कानुनी मान्यता पायो । फलस्वरुप, राज्य व्यवस्थाबाट विभिन्न जातिको धर्मको उपेक्षा मात्र होइन धार्मिक स्वतन्त्रतामा नियन्त्रण गरियो । यसको उदाहरण स्वरुप गुरुङहरुले विभिन्न समयमा गरेका विद्रोह र त्यसबेलाका भारदारी फैसला तथा ताम्रापत्रहरुले… पुरा पढौ

मनै लोभ्याउने नेपाली चेरी ‘पैयुँ’

पोखरा: ढकमक्क फूलेको हिमाली चेरी । भिरालो पाखा केही माथि उक्कलेपछि चिसो सिरेटोसँगै देखिन्छ लामो हिमश्रृङ्खला । केही तल अर्थात् पूर्वीदक्षिणमा देखिन्छ झुरुप्प भएको सानो गाउँ चन्द्रकोट । स्याङ्जा बजारदेखि ८ किलोमिटरको यात्रा गरेपछि पुगिन्छ यस ठाउँमा । पेल्काचौर मैदान हुँदै डाँडा गाउँ छिचोलेर जानुपर्छ चन्द्रकोट गाउँ । साबिक पेल्काचौर गाविसमा रहेको यस डाँडागाउँ र चन्द्रकोट गाउँको बीच भागमा फूल्दछ नेपाली चेरी अर्थात् पैयुँ । यो ठाउँ मिलेनियम पदमार्ग अन्तर्गत पर्दछ । यतिखेर नेपालका थुप्रै पहाडी ठाउँमा पैयुँ ढकमक्क फूलेको… पुरा पढौ