कृषि

चिसो बढेसँगै बेँसी झर्न थाले भेडीगोठ (फोटो फिचर)

लमजुङ ।  चरनका लागि लेकमा लगिएका भेडीगोठ चिसो बढेसँगै बेँसी झार्न थालिएका छन् । अहिले जिल्लाका उच्च हिमाली भेगमा रहेका चरन क्षेत्र हिँउले ढाक्न थालेका छन् भने चिसो बढेसँगै गोठालाले आ–आफ्ना भेडाका बथान बेँसी झार्न थालेका हुन् । जेठ महिनामा उभौली लागेका गोठ कात्तिक लागेसँगै उधौली झरेका हुन । घलेगाउँको भेडीगोठ लेकबाट झरेर गाउँमै आइपुगेको हाम्रा संवाददाता गंगा घलेले जानकारी दिए । '४५०० मिटर भन्दा माथि उचाईको जडिबुटी जस्तै कुड्की, बन लसुन, पाँच औंले, निर्मसी, सतुवा र यार्सगुम्बा खाएका भेडाबाख्राहरु घलेगाउँको… पुरा पढौ

धानमा क्षति बेहोरेका किसानलाई सरकारले ६५ प्रतिशतसम्म राहत दिने

काठमाडौँ । सरकारले वर्षाका कारण धानबालीमा क्षति बेहोरेका किसानलाई अधिकतम ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले तोकिएको क्षेत्रफलका आधारमा साना, मध्यम र ठूला किसान वर्गीकरण गरी २० देखि ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको हो । मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बढीमा १० कट्ठासम्म वा सो बराबरको जग्गामा लगाएको धानको पूर्ण क्षति बेहोरेका किसानलाई क्षतिको अधिकतम ६५ प्रतिशतसम्म क्षतिपूर्ति दिने निर्णय गरेको जानकारी दिए। उनका अनुसार मध्यम किसान… पुरा पढौ

बैङ्कबाट ऋण काढेर खेती गरेका किसान मर्कामा

कञ्चनपुर । अत्यधिक वर्षाका कारण बालीनालीमा नोक्सानी भएपछि कञ्चनपुरका किसानलाई चाडपर्वका बेला रोएर बस्नुपर्ने अवस्था भएको छ । बैङ्कबाट ऋण काढेर खेती गरेका किसान मर्कामा परेका छन् । खेतबारीमा लगाइएको बाली बाढीले तहसनहस पारेपछि कर्जा लिएका किसानलाई बैङ्कको ब्याज बुझाउन समस्या भएको छ । बैङ्कबाट कर्जा लिएर किसानले तरकारी, केरा र उखु खेती गरेका थिए । ‘बाढी र डुबानग्रस्त क्षेत्रका साना किसानले लिएको ऋणको सावाँ ब्याज मिनाहा गरिनुपर्छ’, किसान महासङ्घका सचिवालय सदस्य खेम सुवेदीले भने, ‘सावाँ ऋण ७५ प्रतिशत मिनाहा… पुरा पढौ

सात अर्बको धानबाली नष्ट

काठमाडौँ, ८ कात्तिक । वर्षाका कारण धानबालीमा रु सात अर्ब २२ करोड क्षति भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यका अनुसार करिब ६८ हजार हेक्टर क्षेत्रफलमा दुई लाख ५८ हजार ९२ मेट्रिकटन परिमाणमा धानको क्षति भएको छ । सबैभन्दा धेरै लुम्बिनी प्रदेशका बर्दिया, कपिलवस्तु, बाँके र रुपन्देहीमा करिब ४२ हजार हेक्टरमा एक लाख ६१ हजार २२३ मेट्रिकटन धान नोक्सान हुँदा रु चार अर्ब ५१ करोड क्षति भएको छ । सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा करिब १८ हजार… पुरा पढौ

बेमौसमी वर्षाको पीडाः काटेर राखेको धान खेतमै उम्रियो

कञ्चनपुर, ६ कात्तिक । लगातार चार दिनसम्मको वर्षा पछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा खेतमा व्यस्त छन् ।सुकाउन राखिएको धान भिजेकाले उम्रिन थालेको छ । पानी सुक्न नपाएको खेतमा काटेको धानको परालसहितका बाला कुहिएका छन् । लालझाडी गाउँपालिकाको कञ्जका किसान नन्दला राना खेतको धान बाली भित्र्याउन नपाउँदै उम्रिन थालेपछि निकै चिन्तित भएको छ । “लगातारको चार दिनको वर्षाले खेतमा काटेर राखेको आधाभन्दा बढी धान बगाएर लग्यो”, उनले भने, “बग्नबाट बचेको धान उम्रिन… पुरा पढौ

चितवनको ३० प्रतिशत धानबालीमा क्षति

चितवन । धान भित्र्याउने समयमा परेको अविरल वर्षाले यहाँको धानबालीमा ३० प्रतिशत क्षति पु¥याएको छ । पानी र हावाहुरीले धान ढालेर, डुबाएर र बगाएर क्षति भएको हो । जिल्लामा २० प्रतिशत हाराहारी धान भित्र्याइएको भए पनि बाँकी धान खेतमै रहेको छ । कतिपय काटेर सुकाइएको छ भने कतिपय काट्न नै बाँकी रहेको छ । काट्न बाँकी धान पनि ठाढो अवस्थामा छैन । कृषि ज्ञान केन्द्र भरतपुरका योजना अधिकृत उमाराज अर्यालका अनुसार जिल्लाको पूर्वी क्षेत्र र माडीमा ५० प्रतिशत धान भित्र्याइसकिएको… पुरा पढौ

बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती

गलकोट । पछिल्लो समय अत्यधिक बजार माग भएको ड्रागन फ्रुटको बागलुङमा समेत व्यावसायिक खेती गर्न थालिएको छ । बागलुङको काठेखोला गाउँपालिका–१ पाला करिनाका प्रतिमान थापाले वैदेशिक रोजगार पछि गाउँको बाँझो जग्गा सदुपयोग गरी ड्रागन फ्रुटको व्यावसायिक खेती थाल्नुभएको छ । कोरियामा चार वर्ष बिताउनुभएका थापाले अहिले गाउँ फर्केर व्यावसायिक रुपमा ड्रागन फ्रुट खेतीमा लाग्नुभएको छ । थापाले आफ्नै गाउँठाउँमै श्रम गरेर व्यवसायी बन्ने उद्देश्यले अहिले १५ रोपनी जग्गामा फलफूल खेती सुरु गर्नुभएको छ । उहाँले रु २० लाख लगानीमा केही… पुरा पढौ