कृषि

अफ्रिकन स्वाइन फिवरबाट पनौतीको बङ्गुरमा व्यापक क्षति

काभ्रेपलाञ्चोक, २१ साउन । पनौती नगरमा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’को सङ्क्रमणका कारण ठूलो सङ्ख्यामा पशु मरेका छन् । व्यावसायिकरुपमा फार्ममा पालिएका बङ्गुरमा गत सोमबार मात्रै उक्त सङ्क्रमण पुष्टि भएको थियो । उक्त रोगका कारण नगरका तीन स्थानको फार्ममा छसय सात बङ्गुर मरिसकेको नगर कृषि तथा पशुपक्षी शाखाले जनाएको छ । उक्त रोगले नगरको वडा नं ५स्थित टिम भिजन एग्रिकल्चर प्राली र गैरीगाउँ कृषि तथा पशुपक्षी फार्म तथा वडा नं १० को श्रेष्ठ बङ्गुर फार्ममा क्षति पु¥याएको हो । शाखाप्रमुख लीलाप्रसाद… पुरा पढौ

कालिज फार्ममा चितुवाको अक्रमणले क्षति

चरीकोट, ९ साउन । दोलखाको भीमेश्वर नगरपालिका–७स्थित मकैबारीमा रहेको कालिज फार्ममा चितुवा पसेर आक्रमण गरेको छ । सदरमुकाम चरीकोट बजारको नजिकै फर्ममा दिउँसै चितुवा पसेर आक्रमण गर्दा करिब एक हजारभन्दा बढी कालिज मरेको छ । चार हजारभन्दा बढी कालिज पालन गर्ने उक्त फार्ममा दिउँसोदेखि रातभर करिब एक हजारभन्दा बढी कालिज मारेको फार्म सञ्चालक मिङ्गुर शेर्पाले बताए । फार्ममा काम गर्ने मजदूरले दाना दिने बेलामा कालिज मरेको देखेपछि खोजी गर्दा फार्मभित्र चितुवा भेटिएको थियो । दूधपोखरी वाइल्ड लाइफ एग्रो फार्मले विगत… पुरा पढौ

मूल फुट्न नसक्दा अझै भएन रोपाइँ

गलेश्वर, २७ असार । म्याग्दीमा यस वर्ष असार अन्तिम सातासम्म पानीको मूल फुट्न नसक्दा रोपाइँ हुन सकेको छैन । पर्याप्त वर्षा नहुँदा जिल्लामा ४५ प्रतिशत खेतमा पनि रोपाइँ हुन नसकेको हो । विगतका वर्षहरुमा असार अन्तिम सातासम्म प्रायः सबै ठाउँमा रोपाइँ भैसक्ने यहाँका फाँट यस वर्ष भने बाँझै देखिएका छन् । मूल फुटेर, खहरे तथा अन्य खोलाहरुमा पानीको छेलोखेलो हुने समयमा यस वर्ष पानीकै अभाव भएपछि रोपाइँ हुन नसकेको किसानहरुले बताएका छन् । “ पानी पर्ला र रोपाइँ सुरु गरौला… पुरा पढौ

कृषि कर्ममा रमाउँदै हवाई व्यवसायी बस्नेत

काठमाडौँ, २६ असार । वीरेन्द्रबहादुर बस्नेत नेपाली हवाई उड्डयन क्षेत्रमा स्थापित नाम हो । हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरका प्रबन्ध निर्देशक उहाँले वर्षौँदेखि जहाज सञ्चालक रहेर वायुसेवा क्षेत्रमा प्रतिष्ठा कमाउनुभएको छ । सो क्षेत्रमा सफलता हासिल गर्नुभएको व्यक्ति धानमिल अर्थात् धान र खाद्य सुरक्षाको कुरा गर्ने बाटोमा कसरी मोडिनुभयो त ? रासससँगको कुराकानीमा प्रबन्ध निर्देशक बस्नेतले भन्नुभयो, “बुद्ध एयर खोल्नु अगाडि धानमा परिचित थिएँ, धान उत्पादनमा नै खाइखेली आएको व्यक्ति हुँ, यसैले नेपालको सफलता न्यायसङ्गत व्यवसाय के हुनसक्छ भन्दा… पुरा पढौ

असारे रोपाइँ महोत्सव भब्यतापुर्वक सम्पन्न

खेतीयोग्य जमिनको संरक्षण, कृषिलाई व्यवसायिकरण गर्दै कृषकलाई आफ्नो पेशाप्रति अभिप्रेरित गर्नु तथा परम्परागत हाम्रो कृषि प्रणाली मार्फत पोखराको पर्यटन प्रवर्द्धन गर्ने मुल उद्देश्यका साथ विगत २०६१ साल देखि पोखरा पर्यटन परिषदले निरन्तर रुपमा पोखरामा असारे रोपाई महोत्सवको आयोजना गर्दै आएको छ । यसै सन्दर्भमा यस बर्ष पनि “पोखरा सबै मौसमका लागीू भन्ने मुल नाराका साथ १७औ असारे रोपाई महोत्सव तथा दोस्रो राष्ट्रिय हेम्जा हिले महोत्सव आज २०७९ आषाढ १५ गतेका दिन पोखरा २५, माइस्थान प्राङ्गण हेम्जामा तुलसी पौडेल, अग्निधर पौडेल,… पुरा पढौ

दहीच्युराको संस्कृतिलाई निरन्तरता दिने दिन असार १५

काठमाडौँ, १५ असार । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन् । यसबेला दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दहीच्युरा खाई असार १५ लाई सांस्कृतिक पर्वका रूपमा मनाउँछन् । संस्कृतिमा दहीको स्थान महत्वपूर्ण… पुरा पढौ

बुधबार धान दिवसः २७ अर्बको चामल र १५ अर्बको धान आयात

काठमाडौँ, १४ असार । असार १५ गते हरेक वर्ष आउँछ र जान्छ । सरकारले विसं २०६१ देखि हरेक वर्ष धान दिवस मनाउँदै आएको छ सोही दिनको छेको पारेर । मुलुक कृषिप्रधान भएकाले पनि त्यसको महत्व दर्शाउन र धानको सर्वव्यापकता फैलाउनका लागि यो दिवस मनाउने गरिएको हो । हरेक वर्ष धान रोप्ने खेत क्रमशः घट्दै गएको छ । मलिलो र बढी उब्जनी हुने फराकिला फाँटमा आजकल धान होइन, कङ्क्रिटका जङ्गल बढ्दै गएको छ । खेती गर्नेको आत्मसम्मान समेत बढ्न सकेको छैन… पुरा पढौ