काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यअनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको हो । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम गरेको छ । ‘भारतले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७७ पैसा, डिजेलमा ५ रुपैयाँ ८८ पैसा र हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ ६ पैसा बढेर आएको छ,’ निगमका प्रवक्ता विनितमणि उपाध्यायले…
पुरा पढौ