अटो/बजार

सुनचाँदीको कारोबार खुला, सुन तोलामा १० हजारले महंगियो

काठमाडौं । चैत ८ गतेबाट बन्द भएको सुनचाँदीको कारोबार आइतबारबाट खुलेको छ । आइतबार छापावाल सुनको मूल्य तोलाको ८७ हजार ४०० रुपैयाँ तय भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य ८६ हजार ९६० रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानी बढेपछि महंगिएको सुनमा सरकारले बजेटमार्फत भन्सार दर थपेको थियो । सुनको मूल्य लकडाउनअघि चैत १० मा प्रतितोला ७७ हजार रुपैयाँ थियो । लकडाउनपछि सुनको मूल्य तोतामाम करिब १० हजार रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी… पुरा पढौ

समय तालिका मिलाएर सबै व्यवसाय खुलाउनुपर्ने पोखराका व्यवसायीहरुको माग

पोखरा । पोखराका निजी क्षेत्रका प्रतिनिधिहरुले लकडाउनले अर्थतन्त्र सिथिल भएको भन्दै अब समय तालिका मिलाएर सबै व्यापार, व्यवसाय खोल्न पाउनुपर्ने माग गरेका छन् । उनीहरुले आफूहरु प्रशासनले तोकेको समयमा सुरक्षाका सबै निर्देशन पालना गर्दै व्यवसाय गर्न तयार रहेको प्रतिवद्धता पनि व्यक्त गरेका छन् । पोखरा उद्योग वाणिज्य संघले शुक्रबार संघसँग आवद्ध बस्तुगत संघका प्रतिनिधि तथा सदस्यहरुबीच गरेको भर्चुअल बैठकको क्रममा उनीहरुले सो धारणा राखेका हुन् । कार्यक्रमको सुरुवात गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले सधैँभर लकडाउन भनेर कति… पुरा पढौ

पोखरामा महिन्द्रा एक्सयुभी ३०० सार्वजनिक

mahindra xuv 300
पोखरा, ४ पुस । चार महिना अघि काठमाडौंमा भएको नाडा अटो शोमा लन्च भएको महिन्द्रा एक्सयुभी गाडी पोखरामा एक कार्यक्रमकाबीच सार्वजनिक ग¥यो । आज शुक्रबार विशेष कार्यक्रमका बीच गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको प्रमुख आतिथ्यतामा सार्वजनिक गरेको हो । प्रमुख आतिथिको मन्तव्य ंिदंदै मन्त्री लम्सालले निजी क्षेत्रलाई समृद्ध नेपाल निर्माणको लागि ढुक्क भएर काम गर्न सुझाव दिए । उनले भने– ‘कानुनले अप्ठ्यारो पारेमा त्यसको तत्काल समाधान खोजिनेछ ।’ समृद्ध नेपाल निर्माण गर्न निजी क्षेत्रको लगानी… पुरा पढौ