बैँक / वित्त

संसद्मा आज बजेट प्रस्तुत हुँदै

काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट आज बिहीबार संसदमा प्रस्तुत गर्दैछ । सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् । सरकारले योपटक कोरोना भाइरस रोग (कोभिड–१९) जोखिमले पारेको बहुपक्षीय असर न्यूनीकरणका लागि बजेट केन्द्रित गर्दैछ । बजेटले यसपटक कोरोना महामारीबाट बिरामी बनेको अर्थतन्त्रलाई जोगाउने प्रयास गर्नेछ । फजुल खर्च कटौती, आयोजना पुनः प्राथमिकीकरण, विवादित कार्यक्रम खारेजी र पुराना केही कार्यक्रमलाई कोरोना प्रभावितका लागि प्याकेजमा समेटेर आउनुपर्ने… पुरा पढौ

वस्तुगत आँकलन र विश्लेषण गर्दै अर्थतन्त्रलाई चलायमान बनाउने प्रदेशको नीति

(विनियोजन विधेयक २०७७ को सिद्धान्त र प्राथमिकतासहित) पोखरा, १४ जेठ । गण्डकी प्रदेश सरकारले कोरोना महामारी तथा लकडाउनका कारण अर्थतन्त्रमा परेको प्रभावलाई विश्लेषण गरी अर्थतन्त्रलाई चलायमान बनाउने नीति लिएको छ । बुधवार प्रदेशसभाको बैठकमा विनियोजन विधेयक २०७७/७८ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले कोरोना महामारी तथा लकडाउनका कारण राष्ट्रिय अर्थतन्त्रमा परेको प्रभावलाई विश्लेषण गरी विगत वर्षको तुलनामा फरक ढङ्गले बजेट पेश हुने बताए । कोरोना तथा लकडाउनको प्रभाव र असरलाई वस्तुगत आँकलन र… पुरा पढौ

चालू आवको आर्थिक वृद्धिदर २.३ प्रतिशत हुने प्रक्षेपण, प्रतिव्यक्ति आय एक हजार ८५ अमेरिकी डलर [आर्थिक सर्वेक्षणसहित]

काठमाडौँ, १३ जेठ । सरकारले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशत हुने जनाएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार सङ्घीय संसद्मा पेश गर्दै चालू आर्थिक सर्वेक्षण २०७६/७७ मा कोरोनाका कारण विश्व अर्थतन्त्र नै प्रभावित भएको सन्दर्भमा नेपालको आर्थिक वृद्धिदर सरकारले तय गरेको भन्दा निक्कै कम हुने बताए । यो वर्ष आर्थिक वृद्धिदर खुम्चने भए पनि प्रतिव्यक्ति आयमा भने सुधार आउने प्रक्षेपण गरिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक सर्वेक्षण संसदमा पेश गर्दै चालु आर्थिक वर्ष २०७६/७७ प्रतिव्यक्ति… पुरा पढौ

सरकार कोरोना प्रभाव न्यून गर्ने बजेटको तयारीमा

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेट कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गर्ने गरी ल्याउने तयारी गरिरहेको जनाएको छ । लकडाउनका कारण राजश्व संकलनमा ठूलो ह्रास आउनुका साथै विप्रेषण पनि अपेक्षित रुपमा नभित्रिएकाले अन्तरराष्ट्रिय सहायता परिचालन गरेर बजेट निर्माणमा सरकार जुटेको अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए । लकडाउन अवधिमा पनि आगामी आर्थिक वर्षको बजेटलगायत विषयमा सङ्घीय संसद्को अर्थ समितिले आज छलफल गरेको हो । छलफलका क्रममा मन्त्री डा खतिवडाले मुलुकको समग्र आर्थिक अवस्थाका बारेमा बताएको हो । पछिल्ला… पुरा पढौ

कोरोना प्रभावितलाई दुई प्रतिशत छुट दिन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रका ऋणीको ब्याजदरमा २ प्रतिशत छुट दिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुका लागि मंगलबार परिपत्र जारी गर्दै कोरोना प्रभावित क्षेत्रहरुका लागि वित्तिय संस्थाहरुलाई ब्याजमा २ प्रतिशत छुट दिन कार्यकारी निर्देशक देवकुमार ढकालले निर्देशन दिएको हो । तर यो सहुलियत सबै ऋणीहरुले भने पाउने छैनन् । राष्ट्र बैंकका अनुसार यो सहुलियत पाउन कोरोनाबाट प्रभावित भएकै हुनुपर्ने उल्लेख छ । खाद्य उद्योग, ट्रेडिङ,… पुरा पढौ

नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण

काठमाडौं, ३० चैत । विश्व बैंकले कोरोना संकटका कारण नेपाली अर्थतन्त्रमा उच्च गिरावट आउने बताएको छ । आइतबार दक्षिण एसियाली क्षेत्रको आर्थिक अवस्थाबारे एक रिर्पोट सार्वजनिक गर्दै विश्वबैंकले आर्थिक वृद्धिदरमा उच्च गिरावट आउने प्रक्षेपण गरेको हो । विश्व बैंकले कोरोना भाइरसको महामारीका कारण नेपाल लगायत दक्षिण एशियाका मुलुकहरुको आर्थिक बृद्धिदर १ दशमलव ५ देखि २ दशमलव ८ प्रतिशत गिरावट हुने बताएको छ । यस वर्ष नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशतदेखि २.८ प्रतिशतको बीचमा रहने अनुमान गरेको छ । कोरोना भाइरसको… पुरा पढौ

राष्ट्रिय सहकारी दिवसको अवसर पारेर पोखरा रोयलको ३ लाख ३६ हजार कोरोना कोषमा सहयोग

पोखरा, २० चैत । कोरोना उपचार कोषमा पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोरोना रोकथामको लागि ३ लाख ३६ हजार २११ रुपैयाँ योगदान गर्ने भएको छ । सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ६३ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो । पोखरा रोयल बचत तथा ऋण सहकारीले बिहीवार एक विज्ञप्ति प्रकाशित गरी विषम परिस्थितिमा सहकारीको सामाजिक उत्तरदायित्व वहन गर्दै सरकारले आव्हान गरेको कोरोना रोकथाम तथा उपचार… पुरा पढौ