बैँक / वित्त

मुक्तिनाथ विकास बैंकलाई एक लाख युरोको युरोपियन माइक्रोफाइनान्स अवार्ड

लक्जमवर्गमा आयोजित ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ बाट मुक्तिनाथ विकास बैंक पुरस्कृत भएको छ । बैंकले साना तथा लघु बैंकिङ कार्यक्रममा आबद्ध न्यून आय भएका सदस्यलाई प्रदान गरी रहेको नवीनतम र ग्राहकमैत्री समावेशी बचत सेवाको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनलाई अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनोट समितिले अध्ययन तथा अनुसन्धान गरी सो पुरस्कार प्रदान गरेको बैंकका अध्यक्ष भरतराज ढकालले जाकारी दिनुभयो । भर्चुअल माध्यमबाट भएको सो प्रतियोगितामा ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागिता जनाएका थिए । उक्त प्रतियोगिताको लागि उत्कृष्ट… पुरा पढौ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काभ्रेपलाञ्चोक , ९ असोज । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बनेपा नगरपालिका–४ श्रीखण्डपुर टोल बस्ने ५६ वर्षीया जयन्ती केसीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७१ वैशाख २९ गतेको फैसलाले छुट्टाछुट्टै २ वटा बैंकिङ कसुरमध्ये पहिलो मुद्दामा ९ करोड ४७ लाख ९२ हजार १ सय १६ रुपैयाँ ७८ पैसा जरिवाना र ३ वर्ष कैद तथा दोस्रो मुद्दामा २ करोड ३५ लाख रुपैयाँ जरिवाना र ३ वर्ष कैद सजाय ठहर भई फरार रहेकी उनलाई ईलाका प्रहरी कार्यालय बनेपाबाट… पुरा पढौ

गरिमा विकास बैंकद्वारा हायर पर्चेज कर्जाका ऋणीलाई असार महिनाको व्याज छुट

पोखरा, १७ असार । गरिमा विकास बैकले यात्रुवाहक सार्वजनिक यातायात क्षेत्रकालाई असार महिनाको व्याज रकम राहतस्वरुप पुरै छुट दिने भएको छ । कोरोना भाईरस (कोभिड–१९) को महामारीका कारण देशव्यापी बन्दाबन्दीको अवस्थामा कालो नम्बर प्लेट र पर्यटक बोक्ने सवारी साधन व्यवसायी प्रभावित भएकोले व्याजमा छुट गरेको बैंकले जनाएको छ । बैकमा सुरक्षणको रुपमा सम्बन्धित सवारी साधन धितो राखी ऋण लिएका यात्रुवाहक कालो नम्बर प्लेट र पर्यटकको सवारीका लागि प्रयोग हुने हरियो नम्बर प्लेटका सवारी साधन (बस, मिनीबस, माईक्रो बस, जिप र… पुरा पढौ

संसद्मा आज बजेट प्रस्तुत हुँदै

काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट आज बिहीबार संसदमा प्रस्तुत गर्दैछ । सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् । सरकारले योपटक कोरोना भाइरस रोग (कोभिड–१९) जोखिमले पारेको बहुपक्षीय असर न्यूनीकरणका लागि बजेट केन्द्रित गर्दैछ । बजेटले यसपटक कोरोना महामारीबाट बिरामी बनेको अर्थतन्त्रलाई जोगाउने प्रयास गर्नेछ । फजुल खर्च कटौती, आयोजना पुनः प्राथमिकीकरण, विवादित कार्यक्रम खारेजी र पुराना केही कार्यक्रमलाई कोरोना प्रभावितका लागि प्याकेजमा समेटेर आउनुपर्ने… पुरा पढौ

वस्तुगत आँकलन र विश्लेषण गर्दै अर्थतन्त्रलाई चलायमान बनाउने प्रदेशको नीति

(विनियोजन विधेयक २०७७ को सिद्धान्त र प्राथमिकतासहित) पोखरा, १४ जेठ । गण्डकी प्रदेश सरकारले कोरोना महामारी तथा लकडाउनका कारण अर्थतन्त्रमा परेको प्रभावलाई विश्लेषण गरी अर्थतन्त्रलाई चलायमान बनाउने नीति लिएको छ । बुधवार प्रदेशसभाको बैठकमा विनियोजन विधेयक २०७७/७८ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले कोरोना महामारी तथा लकडाउनका कारण राष्ट्रिय अर्थतन्त्रमा परेको प्रभावलाई विश्लेषण गरी विगत वर्षको तुलनामा फरक ढङ्गले बजेट पेश हुने बताए । कोरोना तथा लकडाउनको प्रभाव र असरलाई वस्तुगत आँकलन र… पुरा पढौ

चालू आवको आर्थिक वृद्धिदर २.३ प्रतिशत हुने प्रक्षेपण, प्रतिव्यक्ति आय एक हजार ८५ अमेरिकी डलर [आर्थिक सर्वेक्षणसहित]

काठमाडौँ, १३ जेठ । सरकारले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशत हुने जनाएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार सङ्घीय संसद्मा पेश गर्दै चालू आर्थिक सर्वेक्षण २०७६/७७ मा कोरोनाका कारण विश्व अर्थतन्त्र नै प्रभावित भएको सन्दर्भमा नेपालको आर्थिक वृद्धिदर सरकारले तय गरेको भन्दा निक्कै कम हुने बताए । यो वर्ष आर्थिक वृद्धिदर खुम्चने भए पनि प्रतिव्यक्ति आयमा भने सुधार आउने प्रक्षेपण गरिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक सर्वेक्षण संसदमा पेश गर्दै चालु आर्थिक वर्ष २०७६/७७ प्रतिव्यक्ति… पुरा पढौ

सरकार कोरोना प्रभाव न्यून गर्ने बजेटको तयारीमा

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेट कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गर्ने गरी ल्याउने तयारी गरिरहेको जनाएको छ । लकडाउनका कारण राजश्व संकलनमा ठूलो ह्रास आउनुका साथै विप्रेषण पनि अपेक्षित रुपमा नभित्रिएकाले अन्तरराष्ट्रिय सहायता परिचालन गरेर बजेट निर्माणमा सरकार जुटेको अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए । लकडाउन अवधिमा पनि आगामी आर्थिक वर्षको बजेटलगायत विषयमा सङ्घीय संसद्को अर्थ समितिले आज छलफल गरेको हो । छलफलका क्रममा मन्त्री डा खतिवडाले मुलुकको समग्र आर्थिक अवस्थाका बारेमा बताएको हो । पछिल्ला… पुरा पढौ