४२ वर्ष पछि ठूलो माटीकोरेको यात्रा काठमाण्डौ उपत्यकामा
पंछीहरुको आनीबानी निकै विचित्रको हुन्छ । कुनै प्रजातिहरु हजारौं किलोमिटर यात्रा गर्दे ठूला नदीका गल्छीलाई बाटो बनाएर उड्छन् भने कतिपय धरातलीय उच्च हिमालहरु माथि आफ्नो बाटो तय गर्दछन् । कतिपय हिमाली भेग बाट पहाडी क्षेत्र हुँदै तराईका लमतन्न समतल फाँट सम्म पुग्दछन् भने कतिपय सुख्खा मरभुमी तथा निक्कै तापक्रम भएका स्थानबाट चिसो खोज्दै पहाड चढ्दछन् । तर यो बानी सबै पंछीहरुमा लागु हुँदैन र पखेटा हुदैमा जहाँ पनि उडेर पुग्नु पर्छ भन्ने धारणा हुँदैन । जसले गर्दा तल्लो भुभागका पंछीहरु…
पुरा पढौ
पंछी अबलोकनमा नयाँ उत्साहः देखिन थाले विरल बटुवा तथा फिरन्ते चराहरु
विश्वब्यापी महामारी कोभिड-१९ र त्यसपछि श्रृजित बन्दाबन्दीले जागिर गुमाई फुर्सदिला भएका नेचर गाईडहरु, अनुसन्धानकर्मीहरु र वन्यजन्तु फोटोग्राफरहरुले पछिल्लो समयमा पंछी अवलोकन तथा वन्यजन्तुहरुका फोटो लिने क्रममा नेपालका लागि विरल बटुवा तथा फिरन्ते प्रजातिका चराहरुको अभिलेख गरेका छन् । ति मध्ये कतिपय प्रजातिहरु ३७ वर्ष, १९ वर्ष र स्थान विशेष ७० वर्ष पछि पनि देखिएका छन् । प्रशान्त सर्षपी, फोटोः चुङ्बा शेर्पा नेपालमा पाइने ८८६ प्रजातिका चराहरु मध्ये २९ प्रजातिहरु बटुवा र ७४ प्रजातिहरु फिरन्ते छन् । बसाइ सराईको क्रममा नेपाललाई…
पुरा पढौ
पछिल्लो ५० वर्षमा जीवहरूको सङ्ख्या दुई तिहाइभन्दा बढी घट्यो
वातावरणसम्बन्धी एउटा अग्रणी समूहले मानिसहरूले यअसघि कहिल्यै नगरेको दरमा प्रकृतिको विनाश गरिरहेको भन्दै चेतावनी दिएको छ। विश्व वन्यजन्तु कोष डब्ल्यूडब्ल्यूएफले आफ्नो नयाँ प्रतिवेदनमा प्रकृतिको दोहन विगतमा कहिल्यै नभएको दरमा भएको जनाएको हो। विश्वभरका विभिन्न जङ्गलमा रहेका वन्युजन्तु, समुद्रमा रहेका जलप्राणी र घाँसेमैदानहरूमा रहने हजारौं जीवको अध्ययन गरेको प्रतिवेदनमा उल्लेख छ। विगत ५० वर्षमा चरा, माछा, स्तनधारी, उभयचर र घर्सने जनावरको विश्वव्यापी सङ्ख्या दुई तिहाइभन्दा बढी घटेको छ। ‘संरक्षणसम्बन्धी वैज्ञानिकहरूले सन् १९७० यता विश्वभर यस्ता जीवहरूको सङ्ख्यामा औसतमा ६८ प्रतिशतले कमी…
पुरा पढौ
७० वर्ष पछि काठमाण्डौ उपत्यकामा भित्रियो रातो टाउके बौंडाई
सन् १८७७ सम्म काठमाण्डौ उपत्यकामा बच्चा कोरल्ने (स्कली १९८७) रैथाने प्रजाति सन् १९४७ मा आइपुग्दा विरल मात्रामा देखिन पुगेको (विश्वास १९६०) र त्यसपछि १९५० सम्म तिन पटक भेटिएको रातो टाउके बौंडाई (Red-necked Falcon) ७० बर्ष पछि आफ्नो पुरानै थातथलोमा पून फर्किएको छ । पंछी अवलोकन तथा फोटो खिच्ने क्रममा आयुषमान कायस्थ, दिपक बुढाथोकी, यज्ञलाल ज्ञवाली र दशरथमान बिजुक्छेले बाग्मती कोरीडोरमा उक्त बौंडाईलाई आज सेप्टेम्बर ९, २०२० बुधबारका दिन अभिलेख गरेका हुन् । समुन्द्री सतह देखि १४५० मिटर सम्म भेटिने यस…
पुरा पढौ
अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसः नेपालमा गिद्ध गणना गरि मनाईदै
दक्षिण अफ्रिकामा सन् २००५ देखि नै मनाईदै आएको राष्ट्रिय गिद्ध सचेतना दिवसबाट विकसित भई सन् २००९ बाट अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउन थालिएको यो दिवस यस वर्ष यहि भाद्र २० गते शनिबारका दिन १२औं अन्तराष्ट्रिय गिद्ध सचेतना दिवस नेपालका साथै संसारभर मनाईदै छ । प्रत्येक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिवार तथा त्यस सप्ताहभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस गिद्धको महत्व, लोप हुनुको कारण र संरक्षण सहभागिताबारे जनचेतना जगाउनका निम्ति विश्वभर मनाईन्छ । फोटोः चुङ्बा शेर्पा शिकारी वर्गको यस प्रजातिले गाई बस्तुका सिनो…
पुरा पढौ
३७ वर्ष पछि चितवनमा फर्कियो गंगाचीलठूँडे फ्यालफ्याले
रमेश चौधरी, चितवनपश्चिम चितवनको मेघौली नजिकै सिसुवार गाउँको धानखेतमा नेपाल वाईल्डलाईफ फोटोग्राफर्स क्लब, बर्ड एजुकेसन सोसाईटी र नेपाल पंछी संरक्षण संघका सक्रिय सदस्यहरुः रमेश चौधरी, राजु तामाङ, राधा कृष्ण श्रेष्ठ, लोजिक कृष्ण सागर, चुडामणी चौधरी र मिलन तामाङले चरा अवलोकन तथा वन्यजन्तुको फोटो खिच्ने क्रममा नेपालको अति संकटापन्न प्रजाति गंगाचीलठूँडे फ्यालफ्याले मिति २०७७ साल श्रावण २७ गते तदनुसार अगष्ट ११ तारिक २०२० मा ३७ वर्ष पछि चितवनमा फेला पारेका हुन् । यस भन्दा अघि सन् १९८३ मा यो प्रजाति चितवन…
पुरा पढौ
हरित गर्दने ठेउवा हाल सम्मकै उच्च स्थानमा अभिलेख
बिशेष गरिे नेपालको पूर्वी तराईमा समुन्द्री सतह देखि १२० मिटरमा पाईने हरित गर्दने ठेउवा चरा हाल सम्मकै उच्च स्थानमा अभिलेख गरिएको छ । सोलुखुम्बु जिल्लामा अबस्थित विश्वकै चर्चित पर्यटकीय गन्तब्य सगरमाथा राष्ट्रिय निकुञ्जको गोक्यो उपत्यकाको मछेर्मो (४४७० मिटर) मा यहि श्रावण २३ गते शुक्रबारका दिन उक्त प्रजाति भेटिएको थियो । मछेर्मोको होटल 'लज इन मछेर्मो' का सञ्चालक तथा निर्देशक फू लोब्साङ्ग शेर्पाले पर्खालमा बसेको उक्त प्रजाति उड्दा चमकदार निलो रङ्गको देखिएर उत्सुक भई मोबाइलबाटै फोटो खिच्नु भएको थियो । पछि…
पुरा पढौ