वातावरण

मौसम पूर्णरुपमा सफा हुन अझै केही समय लाग्ने

काठमाडौँ उपत्यकासहित देशको पहाडी भूभागमा बुधबार भएको वर्षाले वायु प्रदूषण केही कम भएको छ । गत शुक्रबारदेखि एक्कासि धुम्मिएको मौसम बुधबार बेलुका हल्का पानी परेसँगै केही सफा भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावले काठमाडौँसहित देशको पहाडी भूभागका केही स्थानमा हिजो बेलुका हल्का वर्षा भएको जनाएको छ । तुवाँलो पूर्णरुपमा हटी मौसम सफा हुन् भने अझै केही समय लाग्ने वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार तुवाँलो पूर्णरुपमा हटी मौसम सुधार हुन् हावाको गति… पुरा पढौ

मौसम खराबीले सयौँ उडान प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण पाँच दिनदेखि हवाई उड्डयन क्षेत्र प्रभावित भएको छ । खराब मौसमको सबैभन्दा बढी मार हवाई क्षेत्रले बेहोर्नु परेको छ । मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका अधिकांश उडान प्रभावित भए । आज पनि कतिपय गन्तव्यको उडान सञ्चालनमा कठिनाइ भएको विमानस्थलले जनाएको छ । विशेषगरी हेलिकोप्टर कम्पनीको व्यापार बढी प्रभावित भएको छ । तीन दिनका लागि बुकिङ भएका विभिन्न कम्पनीका दैनिक ७० जना यात्रु उडाउने उडान तालिका रहे पनि चार… पुरा पढौ

घरमा छैनन् परेवा र गौँथली, वनमा छैनन् ढिकुर र मालचरी

कुनै समय थियो, गौँथलीको चिरबिर र परेवाको माकुर...कुर..जुन घरमा सुनिन्छ, त्यो घर लच्छिनको हुन्छ, त्यहाँ सह बसेको हुन्छ भनेर विश्वास गरिन्थ्यो । समय बदलियो । समयसँगै हाम्रा पुख्र्यौली मान्यता र श्रृति परम्पराका कथनभित्र रहेका ज्ञानका अथाह भण्डार पनि विस्मृतिको गर्भमा पुरिँदै गए । धार्मिक, सामाजिक र वातावरणीय महत्वसँग जोडिएका कैयौँ आनुवांशिक स्रोतहरु हराउँदै गए । रैथाने प्रविधि लोप भए । मानवीय जीवनलाई प्रकृतिको सुरम्य लयमा फर्काउने घरपालुवा वा वनमा आश्रित पक्षीको चिरबिर अब खोज्दै जाँदा पनि सुन्नै नपाइने अवस्थामा पुगे… पुरा पढौ

रातो हाब्रेको छालासहित तीन पक्राउ

सोलुखुम्बु, ११ चैत । रातो हाब्रेको छालासहित महाकुलुङ गाउँपालिकाबाट तीन जना पक्राउ परेका छन् । सात रातो हाब्रेका छाला र पाँच पासोसहित उनीहरुलाई सोमबार साँझ प्रहरी निरीक्षक मन्दीप चौहानको टोलीले घरैबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा महाकुलुङ–२ का ७६ वर्र्षीय जगत्बहादुर राई, ३ का ५६ वर्षीय कवीर शङ्कर राई र ५७ वर्षीय मितुरधन राई रहेको सोलुखुम्बु प्रहरीले जनाएको छ । उनीहरुलाई आज आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । मकालु वरुण राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रभित्र गैरकानूनी रुपमा वन्यजन्तुको चोरी… पुरा पढौ

गैँडा गणना शुरु

चितवन, ९ चैत । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा गणना शुरु गरिएको छ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आज बिहान सिटी फुकेर गैँडा गणनाको शुभारम्भ गर्नुभएको हो । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर आजदेखि गणना शुरु गरिएको हो । सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओली, वन मन्त्रालयका सचिव डा विश्वनाथ ओली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तुु संरक्षण विभागका महानिर्देशक दीपक खराल, वन विभागका महानिर्देशक मनबहादुर खड्का, वन मन्त्रालयका महाशाखा प्रमुख, विभिन्न दातृ निकायका… पुरा पढौ

सिन्धुपाल्चोकमा लोभीपापी गरुडको अनुसन्धान र संरक्षण सुरु

विश्वमै दुर्लभ तथा सङ्कटको नजिक रहेको लोभिपापी गरुडको अध्ययन अनुसन्धान एवं संरक्षणको कार्यक्रम सिन्धुपाल्चोक जिल्लामा हालै शुरु भएको छ । हङकङ पंछी अवलोकन समाजको आर्थिक सहयोगमा पोखरा पंछी समाजले यस कार्यक्रमको शुरुवात गरेको छ । नेपालमा ८८७ प्रजातिका चरा पाइन्छन् जसमध्ये ८ प्रजातिका गरुडहरु नेपालमा भेटिएका छन् । तिनै मध्येको एक दुर्लभ पंछी मानिन्छ लोभीपापी गरुड । सेतो ऊनजस्तो घाँटी र एसियामा मात्रै पाइने भएकाले यसलाई अंग्रेजीमा एसियन वुलिनेक (Asian Woollyneck) भनिन्छ । झट्ट हेर्दा कालो कोट लगाएको जस्तो देखिने… पुरा पढौ

नेपालमा जलपंक्षी गणनाका क्षेत्रीय संयोजकहरु को तेस्रो कार्यशाला गोष्ठी लुम्बिनीमा शुरु

भैरहवा, २ चैत । नेपालमा हिउँदे जलपंक्षि गणना गर्ने क्षेत्रीय संयोजकहरुको तेस्रो राष्ट्रिय कार्यशाला गोष्ठी हिजोबाट लुम्बिनीमा शुरु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित होटल लुम्बिनी बुद्ध गार्डेनमा संचालित गोष्ठीमा नेपालको पुर्व देखि पश्चिम सम्मका ३० जना संयोजकहरु तथा सरोकारवाला संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको छ । सन १९८७ बाट नेपालमा हिउँदे जल पंक्षीहरुको गणना शुरु भएयता सन २००७ मा पहिलो र सन २०१२ मा दोश्रो राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न भएको थियो । क्षेत्रीय संयोजकहरुको अनुभव आदानप्रदान तथा बदलिएका प्राबिधिक… पुरा पढौ