फिचर

अमादब्लम हिमाल आरोहणमा आरोहीको आकर्षण बढ्दो

काठमाडौं । कोभिड–१९ महामारीका बीच सगरमाथा क्षेत्रमा पर्ने चर्चित अमादब्लम हिमाल आरोहणमा आरोहीको आकर्षण बढ्दो छ । विदेशी उच्चपदस्थ व्यक्ति तथा स्वदेशी आरोही अहिले धमाधम अमादब्लम हिमालको आरोहणमा छन् । पहिले सगरमाथा भन्दा चर्चित अमादब्लम हिमाल आरोहणमा धेरै विदेशी आरोही पुग्छन् । पछिल्लो समय नेपाली आरोहीको पनि लर्को लाग्ने गरेको छ । यसअघि १४ पटक सगरमाथाको सफल आरोहण गरेका बेलायती क्यान्टन र उनको आरोहण दलका नेपाल र विदेशी सदस्य मंगलबार अमादब्लम हिमाल आरोहणका लागि आधारशिविर पुगेका छन् । संस्कृति, पर्यटन… पुरा पढौ

पोखराका किसानलाई धान उठाउने हतारो

पोखरा, २९ कात्तिक । पोखरामा कोरोना संक्रमणको दर बढेपनि काँठक्षेत्रमा भने यसको खासै असर देखिएको छैन । चाडबाडकै बीचमा काँठक्षेत्रका किसानलाई पाकेको धानबाली थन्क्याउन भ्याइ–नभ्याइ छ । असोज महिनामा मनाइने दशैं यसपटक अधिकमासको कारण एक महिना पर धकेलिएपछि किसानहरु दोहोरो हतारमा छन् । एकातर्फ कोरोनाको जोखिमसँगै पाकेको धान उठाउन हतार छ भने अर्कोतर्फ तिहार नजिकिएर पर्व मनाउने हतार छ । पोखराका फाँटहरुमा डेढदशक अघि यो सिजनमा पहेंलै देखिने फाँटहरुमा क्रंक्रिटका घरहरु बाक्लो भइसकेको छ । यद्यपि टुक्रा टाक्री खाली जग्गा… पुरा पढौ

प्रकृति, संस्कृति र आत्मीयताको त्रिवेणीः टुटेपानी !

प्रकृति, संस्कृति र आत्मीयताको त्रिवेणी हो तनहुँको भानु नगरपालिका–१३ मा पर्ने टुटेपानी गाउँ । स्वच्छ हावापानी, प्राकृतिक सौन्दर्य, अग्र्यानिक खानेकुरा, स्थानीयको सौहार्दपूर्ण व्यवहार । नेपालका प्रायः गाउँलेहरू सरल, निश्चल र सहयोगी हुन्छन् । ‘अतिथि देवो भवः’ गाउँलेहरूको व्यवहारमा मात्र पाइन्छ । त्यस्तै आत्मीयताको एउटा मुहान हो टुटेपानी गाउँ । गाउँलेको निश्चल हाँसो, बोली र व्यवहारले टुटेपानी गाउँ पुग्ने जो कोहीलाई लठ्ठ बनाउँछ । १२७५ मिटरको उचाईमा रहेको टुटेपानी गाउँ तनहुँको दोस्रो अग्लो डाँडा मिर्लुङकोट (१,६४५ मिटर)को दक्षिणी काखमा अवस्थित छ… पुरा पढौ

रित्तिदैछ माछापुच्छ्रेमा हिउँ ?

शरद ऋतुको आगमन सँगै यतिबेला अन्नपूर्ण हिमश्रृंखला लगाएत देशैभरिका हिमश्रृंखलाहरु स्वच्छ, सफा र सुन्दर देखिएका छन् । कतिपय हिमालहरुमा दिनैभरि एक टुक्रा बादलपनि देखिएको छैन । अन्नपूर्ण हिम श्रृंखला को दक्षिणी भागमा अबस्थित र तुलनात्मक रुपमा होचो भुभागमा रहेको माछापुच्छ्रेले अथाह र अनुपम दृश्य सृजना गर्छ । छोटो दुरिमा रहेको समतल भुभागवाट सिधा हेर्दा यसको ठाडोपन तथा तिखारिदै गएको चुचुरो अनुपम र मनमोहक देखिन्छ । जसको कारणले अन्य हिउँ चुचुरोमा भन्दा कम मात्रामा यस चुचुरो र आसपासका स्थानहरुमा हिउँ अडिन्छ… पुरा पढौ

कलाकार तीर्थ निरौलाको भर्चुअल अनलाईन एकल चित्रकला प्रदर्शनी

मुलुक कोरोना महामारीको समस्याले आक्रान्त छ । मानिसहरू काम गर्न नपाएर आकुल ब्याकुल छन ।हिडडुल गर्न सजिलो छैन । शिक्षा क्षेत्रमा पनि बन्दाबन्दी छ । यसको प्रभाव कला क्षेत्रमा पनि परेको छ । कला कार्यशाला, कला प्रदर्शनी आदि हुन सकेको छैन । कला दीर्घा अर्थात आर्ट ग्यालरीहरू पनि बन्दाबन्दीमा छ । कलाकारहरूको भेटघाट ठयाप्पै बन्द छ । त्यसैले अहिले कलाकारहरू अनलाईन भर्चुअलमार्फत आफनो एकल कला प्रदर्शनी गर्न थालेका छन । त्यस्तै एक जना कलाकार हुनुहुन्छ धरान निवासी यूवा कलाकार तीर्थ… पुरा पढौ

स्मार्ट सिटी पोखराका अन्तर्राष्ट्रिय मुर्तिहरू अलपत्र [फोटो फिचर]

करिब सात वर्ष अघि पोखराको लेकसाइडस्थित कोमागाने पार्कमा अन्तर्राष्ट्रिय मुर्तिकला कलाकार्यशाला सम्पन्न भएको थियो । जहा बेल्जियम, जापान, भारत र नेपाली मुर्तिकारहरूको समेत सहभागिता थियो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाण्डौंंका पूर्व प्राज्ञ मुर्तिकार ओम खत्रीको संयोजनमा सो कार्यशाला सम्पन्न भएको हो । मुर्ति कार्यशालाको निम्ति आवश्यक रकम विभिन्न संघसंस्थाबाट संकलन गरी संचालन भएको हो । मुर्ति निर्माणको निम्ति विभिन्न संघ संस्था र आमा समुहले पनि कार्य निर्माण स्थलमा कलाकारहहरूलाई दैनिक चिया, खाजा जुटाएका थिए । यस कार्यमा पर्यटन व्यवसायी… पुरा पढौ

६ महिना पछि पोखरामा डुंगा सञ्चालन, अझै पनि छैन डुङ्गा सयर गर्नेहरु

पोखरा, १० असोज । पोखरा स्वदेशी तथा विदेशी पर्यटकको भीडभाड हुने ठाउँ हो तर कोरोनाका कारण जारी गरेको बन्दाबन्दी खुलेपनि पोखराका लेकसाइड क्षेत्र अझै सुनसान छ । पर्यटकीय नगरी पोखरास्थित फेवातालमा लामो समय पछि डुंगा सञ्चालनमा आए पनि डुङ्गामा यात्रा गर्नेहरु अति न्यून मात्रामा छन् । । लकडाउन/निषेधाज्ञाका कारण लामो समयदेखि बन्द डुङ्ग असोज २ गतेबाट सञ्चालनमा आएको हो । कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जारी भएको बन्दाबन्दीका कारण ६ महिनादेखि बन्द रहेको यस व्यवसाय अझै चहलपहल हुन सकेको… पुरा पढौ