६ महिना पछि पोखरामा डुंगा सञ्चालन, अझै पनि छैन डुङ्गा सयर गर्नेहरु
पोखरा, १० असोज । पोखरा स्वदेशी तथा विदेशी पर्यटकको भीडभाड हुने ठाउँ हो तर कोरोनाका कारण जारी गरेको बन्दाबन्दी खुलेपनि पोखराका लेकसाइड क्षेत्र अझै सुनसान छ । पर्यटकीय नगरी पोखरास्थित फेवातालमा लामो समय पछि डुंगा सञ्चालनमा आए पनि डुङ्गामा यात्रा गर्नेहरु अति न्यून मात्रामा छन् । । लकडाउन/निषेधाज्ञाका कारण लामो समयदेखि बन्द डुङ्ग असोज २ गतेबाट सञ्चालनमा आएको हो । कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जारी भएको बन्दाबन्दीका कारण ६ महिनादेखि बन्द रहेको यस व्यवसाय अझै चहलपहल हुन सकेको…
पुरा पढौ
काठमाडौं उपत्यकासँगै देशै भरि पंछी अवलोकनमा उत्कृष्ट उपलब्धीः दुर्लभ चराहरुको अभिलेखन जारी
कोभिड–१९ पछिको सन्त्रासले विश्वका विभिन्न स्थानहरु सुनसान छन र चरा अवलोकनकर्ता, संरक्षणकर्मी तथा वाइल्डलाइफ फोटोग्राफरहरु फुर्सदिला बनेका छन् । जसले गर्दा शहरी क्षेत्र आसपासका नदीनाला, पोखरी, खोलाहरुमा चराको खोजीमा बढि निस्किएका छन् संरक्षणकर्मीहरु । जसको नतिजा पछिल्लो समयमा धेरै स्थानहरुमा फिरन्ते, बटुवा तथा आगन्तुक चराहरुको अभिलेख भइरहेको छ । तस्विरः उत्सवजंग थापा यसै सन्दर्भमा आज असोज ९ गते काठमाण्डौ उपत्यकाको मनोहरा खोलामा पंछी अवलोकनका क्रममा ३८ वर्षपछि अति संकटापन्न (नेपालमा) आँसीटुँडे (Eurasian Curlew) र अलकचन्द्र राजपुत्रिका (Kentish Plover) २३ वर्षपछि…
पुरा पढौ
सन्दर्भ : विश्व गैँडा दिवस, दुर्लभ एकसिङ्गे गैँडा संरक्षणमा चुनौती
नारायण अधिकारी चितवन, ६ असोज । दुर्लभ एकसिङ्गे गैँडा संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । मानव अतिक्रमण र संरक्षणप्रतिको चासो कम हुँदा संरक्षण चुनौतीपूर्ण बनेको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल पछिल्ला दिनमा गैँडा संरक्षणमा चुनौती थपिएको स्वीकार्नुहुन्छ । उहाँको भनाइमा चोरी शिकार पुनः सक्रिय हुने सङ्केत देखिएको छ । गैँडा मानव बस्तीमा विचरणका लागि जाँदा लखेट्न प्रयोग गरिने विषादी, विद्युतीयतारलगायत प्रतिरोधात्मक भावना समस्या बन्दै गएको छ । उहाँले भन्नुभयो, “निकुञ्जभित्र जतिसुकै राम्रो व्यवस्थापन भए पनि बाहिरका…
पुरा पढौ
पोखराको सुन्दर गहना हिमालयन गल्फ
खेल स्वास्थ्य जीवनको लागि अपरिहार्य छ । तपाई जुनसुकै खेल खेल्नु होस शारीरिक स्वास्थ्यको लागि एकदम उक्तम हुन्छ । धेरै खेलहरूमध्ये एक प्रतिष्ठित गल्फ खेल पनि हो । नेपालमा गल्फ खेल प्रचलनमा आएको धरै समय भएको छैन । परापूर्वकालमा राजामहाराजाका सन्तानले मात्र खेल्ने गरेको गल्फ अहिले नेपालमा पनि मुख्य खेलको रुपमा स्थापित भएको छ । नेपालमा राजधानी बाहेक अन्य पनि केही गल्फ कोर्सहरू छन । ति मध्ये पोखराको एक निजि रूपमा स्थापित हिमालयन गल्फ कोर्स हो । यस हिमालयन गल्फ…
पुरा पढौ
पर्वतीय पर्यटन मजदुरहरुको जीविकोपार्जन र रोजगारीको सवालमा युनिट्राभ गण्डकी प्रदेशको धारणा यस्तो आयो
कोभिड–१९ को महामारीको कारण समग्र विश्वकै पर्यटन उद्योगमा नकारात्मक असर परेको सर्बबिदितै छ । नेपालको पर्यटन उद्योग मुलतः सिजनमा आधारित हो । अघिल्लो वर्षको शरद ऋतुसम्म ठिकठिकै चलेको व्यवसाय र त्यसले सिर्जना गर्ने रोजगारी हिउँदमा सुस्ताउने सामान्यनै थियो । त्यस मानेमा विशेषगरि हिमाल, पहाड केन्द्रित पर्यटन व्यवसाय पुस महिनादेखि नै खासै चलायमान नभएको परिवेशमा कोरोना कहरका कारण चैतदेखि ठप्प छ । जसका कारण पर्वतीय पर्यटन मजदुर तथा श्रमिकहरु झन्डै ९ महिना पुर्ण रूपमा बेरोजगार भएका छन । राष्ट्रिय तथा स्थानीय…
पुरा पढौ
कोरोना प्रभावित पर्यटन मजदुरलाई ल्याएको रोजगारी कार्यक्रमले झन बढायो आक्रोश
पोखरा । विश्वव्यापी महामारी कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित पर्यटन ब्यबसाय तथा आश्रीत मजदुरहरु नै हुन। साउन १५ गतेबाट ट्रेकिङ, ट्राभल लगायतका बुकिङ गर्ने अफिसहरु खुल्न थालेका थिए भने भदौ १ गतेबाट लामो दुरिका बसहरु अनि आन्तरिक उडानहरु सुचारु गर्ने तयारी थियो। नेपालमा आज एकैदिनमा एक हजारभन्दा बढी संक्रमितहरु थपिएकोले स्थिति झन भयावह बन्दैछ। पोखरा, काठमाडौं लगायत थुप्रै ठाउँमा झन्डै कर्फ्यु जतिको कडा लकडाउन शुरु हुने भएकोेले पर्यटन व्यवसाय अँध्यारो अनिश्चिततातर्फ जाने देखिन्छ। ट्रेकिङ र पर्वतारोहण नेपालको पर्यटन क्षेत्रका जिवनरेखा…
पुरा पढौ
लोपोन्मुख गुरुङ गीत–संगीतको खोज र संरक्षणमा लाग्दै दम्पत्तिद्वय
आजभोलि नेपाली गीत संगीत र चलचित्र क्षेत्रले उत्साहपूर्वक फडको मारेको छ । हिजो मनोरञ्जनको निम्ति भारतीय गीत, संगीत र सिनेमामा मस्त नेपालीहरू आज आफनै गीत संगीतमा आत्मनिर्भर छ । विगतलाई फर्केर हेर्दा भारतीय चलचित्र र गीत संगीतको नेपालमा साम्राज्य नै थियो । रेडियोमा बिहान, दिउसो र राति हिन्दी सिनेमाका गीतहरू खुबै बज्थ्यो । त्यतिबेला नेपालमा एक दुई नेपाली चलचित्र मात्र निर्माण हुन्थ्यो । नेपालका चलचित्र हलहरूमा भारतीय चलचित्र मात्र धेरै चल्थ्यो । समय र प्रविधिको विकासक्रमसंगै नेपाली चलचित्र र गीत…
पुरा पढौ