सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुम्लाको सिमिकोटमा फाइबर जडानदेखि एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिओआइएमएस) स्थापनालगायत तोकिएका सबै काम पूरा भएको बताउनुभएको छ । सरकारी निकायमा वेबसाइट प्रणाली, मोबाइल एप्लिकेसनको जिम्मेवारीका साथै फोरजी–एफटिए मोबाइल कभरेज यसअवधिमा दुई प्रतिशत थप गरी छ लाख जनता माझ पु¥याइएको जानकारी दिनुभयो । सञ्चारमन्त्री गुरुङले भन्नुभयो, “मोबाइल सेवालाई ९७ ।२ प्रतिशत जनतामा पु¥याइएको छ, अप्टिकल फाइबर १६ हजार किलोमिटर, फिक्स्ड ब्रोडब्याण्ड सेवा ४४।३६ प्रतिशत र फोरजी९एलटिई० प्रयोग ७२ प्रतिशत जनसङ्ख्यामा विस्तार भएको छ ।”…
पुरा पढौ